सुरेनको सल्लेरी पाखाहरुमा दिक्पाल र जिशुको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ फागुन

गायक सुरेन गौतमको स्वरमा नयाँ गीत ‘सल्लेरी पाखाहरू…’ दर्शकमाझ आएको छ । यो गीतमा विशाल पौडेलको संगीत रहेको छ । जसमा सुरेनकै शब्द रहेको छ । गीतलाई प्रदीप जोशीले मिक्सिङ र माष्टरिङ गरेका हुन् । गीतको भिडियो सुरेन गौतम म्युजिक युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । सुरेनको यो गीत कर्णप्रिय छ । लामो समयदेखि गीत संगीतमा सक्रिय रहँदै आएका सुरेश अमेरिकामा रहेर पनि एकपछि अर्को गीत ल्याउन सफल भएका छन् ।

यो गतिको भिडियोमा दिक्पाल कार्की र जिशु कोइरालाको अभिनय रहेको छ । भिडियोमा प्रेमिल रोमान्समा यी जोडी निकै खुलेका छन् । पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त अभिनेताको रुपमा दिक्पाल परिचित छन् । उनको यो भिडियोको काम पनि प्रसँसनीय छ ।

पिटर गुरुङको निर्देशनमा तयार भएको यो भिडियोमा दिपेन खडकाको छायांकन, विष्णुहरि तिमिल्सिनाको सम्पादन रहेको छ । ‘गीत र म्युजिक भिडियो दुवै अत्यन्त आकर्षक बनेको छ र दर्शक श्रोताको मन जित्नेमा दुइमत छैन’, गायक गौतमले भने ।