पालो चौथो हिमालयन अवार्डको, आवेदन खुल्यो


ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ फागुन

‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को चौथो संस्करण आयोजना हुने भएको छ । चौथो हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आह्वान गरिएको छ । आयोजक वुमेन्स एरा एण्ड मिडिया ग्रुपले एक विज्ञप्ति जारी गर्दै अवार्डको लागि आवेदन खुल्ला गरेको जानकारी दिएको छ ।

राष्ट्रिय भावका गीतसँगै पप, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको अवार्डका लागि यही फागुन १३ गतेबाट आवेदन फारम खुला गरिएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभएको छ ।

अवार्डका अध्यक्ष गणेश सुवेदीका अनुसार २०८० वैशाख एक गतेदेखि चैत्र मसान्तसम्म ९एक वर्षभित्रमा० बजारमा आएका गीत, संगीतका स्रष्टा एवं प्राविधिकलाई अवार्ड प्रदान गरिनेछ ।

गीत तथा सिर्जनाहरू दर्ता गर्नका लागि आवेदनको अन्तिम म्याद चैत मसान्तसम्म तोकिएको छ । अवार्ड समारोहमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याउनु भएका एकजना विशिष्ट व्यक्तिलाई दीर्घ साधना सम्मान प्रदान गरिनेछ ।

गीतसंगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने संगीतकर्मी र सञ्चारकर्मी पत्रकारलाई समेत अवार्डमा सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।