बिदेशबाट पनि उपहारको स्वराँकन


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ माघ

चलचित्र उपहार आगामी २५ फागुनबाट रिलिज हुँदैछ । यही मितिबाट अरु दुई चलचित्र काँडेतार र रँगेली पनि रिलिज हुँदैछ । यी तीनवटै चलचित्र अहिले प्रचार प्रसारमा उत्रिएका छन् । यसै क्रममा चलचित्र उपहारको अहिले स्वराँकन अन्तिम चरणमा पुगेको छ ।

चलचित्रको रिलिज नजिकिएका कारण हाल अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट चलचित्र उपहारको डबिङ गरेकी छिन् । आफु तत्काल नेपाल आउने अबस्था नभएकाले सुष्माले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन् । सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा उपहारको डबिङ गरेकी हुन् । डबिङको दृश्यमा सुष्मा निकै रिसाएकी देखिएकी छन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्ममा रेखा थापा, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।
यो चलचित्रलाई रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण गरिएको छ ।