भुवनको ‘सानु तिमीलाई’ मा न्यु सागर र बबिता


ब्युटी न्युज नेपाल
काठमाडौं,२६ माघ

गायक भुवन थापा मगरको नयाँ गीत ‘सानू तिमीलाई’ को भिडियो सार्वजनीक भएको छ । यो भिडियो शुक्रबार सिंगर भुवन टिएम नामक युट्युव च्यानलमार्फत रिलिज गरिएको हो । डिपी खनाल र शंकर थापा स्माइलको शब्द र संगीत रहेको गीतको भिडियो सुविन गोदारले खिचेको हुन् ।

न्यु सागर लामा,बबिता पोखरेल र आशिष भुजेलको अभिनय रहेको यो गीतको भिडियो सुरेन बसेलको निर्देशनमा बनेको हो । भिडियोमा युवा,युवतीबीचको त्रिकोणात्मक प्रेम तथा छुट्टिनु पर्दाको पीडा देखाइएको छ ।

रोहित बसेलको कोरियोग्राफी रहेको भिडियोको सम्पादन तथा कलर ग्रेडिङ राकेश दाहालले गरेका हुन् ।