‘द पोएट आइडल’ सिजन २ को प्रशारण सुरु हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ माघ

टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ सुरु भएको छ । यो सृँखला भोली सोमबारदेखी हिमालय टिभी मार्फत प्रसारणमा आउने छ । यसै प्रसँगमा जानकारी दिन शुक्रबार काठमाडौंमा आयोजित पत्रकार घोषणा कार्यक्रममा सो जानकारी दिईएको हो । शो प्रत्येक सोमबार र मंगलबार हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्युव च्यानलमा राती ९ बजे प्रसारण हुनेछ । शोको बिजेताले १० लाख रुपैंया सहित एक पुस्तक प्रकाशन गर्ने अबसर प्राप्त गर्ने आयोजक पक्षले कार्यक्रममा जनाएको छ ।

कार्यक्रममा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारी रहेका छन् । उनले यो शोको यसपटक कुल एपिसोड ३०देखि ३२ सम्म हुने जानकारी गराए ।

यसपटक सिजन २ को निर्णायकमा बिप्लब प्रतिक, उपेन्द्र सुब्बा र अनुप बराल रहनेछन् यस अघिकी निर्णायक अभिनेत्री सुरक्षा पन्तको ठाउँमा केकी अधिकारी नयाँ निर्णायकका रुपमा भित्रिएकी छिन् । उनी कवि नभएकाले केकीलाई निर्णायक बनाईएकोमा व्यापक बिरोध भईरहेको छ । यो कार्यक्रमलाई  दिव्यदेव पन्तले सञ्चालन गर्नेछन् ।