कमलादेबि स्कुलका ८० विधार्थीलाई न्यानो कपडा सहयोग


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ माघ

सेलिब्रेटी नेपाल प्रतिष्ठानको व्यबस्थापन र बटरफ्लाई फिल्म्सको सहयोगमा काभ्रे जिल्ला पनौती नगरपालिका वडा नम्वर ९ ओम डाँडा स्थित कमला देवी आधारभुत बिद्यालयमा अध्यनरत ८० जना बिद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ । विधार्थीहरुलाई ८० जोर ट्रयाकसुट वितरण गरिएको हो । आर्थिक अवस्थाका कारण कोही पनि जाडोमा बस्न नपरोस् भनेर सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई कपडा वितरण गरिएको बटरफ्लाई फिल्म्सका प्रबन्ध निर्देशक जेनिश पहारीले बताए ।

न्यानो कपडा पाउँदा बिद्यार्थीहरु पनि धेरै खुसी भएका थिए। यस्तै सामाजिक कार्यहरु निरन्तर गर्दै जाने कम्पनीको योजना रहेको पनि पहारीले बताए । कार्यक्रममा बटरफ्लाई फिल्म्सका प्रबन्ध निर्देशक जेनिश पहारी,सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटा, बटरफ्लाई फिल्म्सका सृजन श्रेष्ठ,पाइलट अर्बिन पहारी,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रमेश कुँवर,प्रधानाध्यापक राजु ठकुरी लगाएतको उपस्थिति रहेको थियो ।

शिशु कक्षा देखि ८ कक्षा सम्म पढाइ हुने कमला देवी आधारभुत बिद्यालयमा जम्मा ८० जना बिद्यार्थी पठन पाठन गरीरहेका छन्। बटरफ्लाई फिल्म्स चलचित्र वितरण कम्पनी हो,जसले नेपाली,हिन्दि र हलिउड फिल्मको नेपालभर प्रदर्शनको जिम्मालिने गर्दछ। कम्पनीले वितरण गरेका चलचित्रहरुले राम्रै दर्शकको साथ पाउने गरेका छन् ।