अगस्त्य च्याप्टर १ को मायामा तिम्रै मायामा सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ माघ

नेपाली ‘अगस्त्य च्याप्टर १’को नयाँ गीत मायामा तिम्रै मायामाको भिडियो सार्वजनिक गरिएको छ । नजिकिँदै गरेको प्रणय दिवसको अबसर पारेर पारेर प्रेमभावको गीत मायामा तिम्रै मायामा… सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ ।

एसडी योगीको संगीत र मिक्सिङ मास्टरिङ रहेको गीतमा सबिन एकतारेको शब्द, रिकेश गुरुङ संगीत निर्माता रहेका छन् । यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ । गीतमा फिल्मका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रविन्द्र झालगायतका फिचर्ड छन् ।

यो चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतको अभिनय छ ।

यो चलचित्रमा सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको छ । आफ्नो सिनेमा एक्सन तथा क्राईम जनरामा आधारित रहेको निर्देशक चौधरीले बताएका छन् ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता, तथा विश्व गौचन, अभिषेक चौधरी कार्यकारी निर्माता छन् ।

फिल्ममा सञ्जय लामाको छायाङ्कन, मनोज श्रेष्ठको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा, भास्कर स्वारको पाश्र्व संगीत, सुप्रिम पराजुलीको कलर छ ।