नायक कोशिश र नायक गौरबले आ आफ्नो प्रेमिकासँग गरे विवाह


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ माघ

दुइ अभिनेता कोशिश क्षत्री र गौरब पहारी आ आफ्ना प्रेमिकासँग बैवाहिक जीवनमा बाँधिएका छन् । आफ्ना प्रेमिकासँग केही वर्षको प्रेम पछि यी दुई अभिनेताले यतिबेला विवाह गरेका हुन् ।

संगीतकार समेत रहेका अभिनेता कोशिश क्षत्रीले १७ माघ (बुधबार) हेटौंडा स्थायी घर भएकी प्रेमिका सन्ध्या ढुंगानासँग विवाह गरेका हुन् । यी दुबै बिगत पाँच वर्षदेखि प्रेम सम्बन्धमा थिए भने दुबैको घर हेटौंडा हो । टिकाटालो भएको एकवर्षपछि यी दुईले यतिबेला विवाह गरेका हुन् । यो जोडी करिब ५ वर्षदेखि प्रेम सम्बन्धमा थियो ।

यस्तै अर्का अभिनेता गौरव पहारीले आईतबार काठमाडौंको नोर्लिङ रिपोर्टमा प्रेमिका श्रेणी खतिवडासँग विवाह गरेका छन् । गौरव र श्रेणी बिगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । श्रेणी पेशाले जुम्बा तथा फिटनेश प्रशिक्षक हुन् । गौरवको विवाहमा केही सिनेकर्मी पनि सहभागी थिए । भुवन चन्द, सुनिल थापा, श्वेता खड्का, विल्सन बिक्रम राई, विशाल पहारीलगायत विभिन्न कलाकार गौरवको विवाहमा सहभागी भए ।