धेरै फिल्म साईन गर्दा बल्ल दयाहाङलाई पछुतो


व्युटी न्युज नेपाल
काठमाडौं, २० माघ

कुनै समय ६ महिना लगाएर एउटा फिल्म खेल्ने अभिनेता दयाहाङ उस्तै परे आजकाल ६ महिनामा ६ वटै फिल्म भ्याउँछन् । सोही कारण पनि पछिल्लो समय उनका प्राय फिल्ममा उस्तै उस्तै गेटअप हुन थालेको छ । तथापि उनलाई दर्शकले मन पराउनु उनको राम्रो समयको फल हो ।
यी अभिनेता यतिबेला भने धेरै फिल्ममा अनुबन्धित भएकोमा पछुताई रहेको छन् । उनी यसमानेमा पछुताउन थालेका छन की आफुले अभिनय गरेका दुईवटा फिल्मसँगै जुधेर रिलिज हुन थालेको छ । गत नयाँ वर्षमा उनको दुई फिल्म जारी र विहेपास एकसाथ जुध्यो । जसमा जारी .बम्पर हिट भयो भने बिहे पास व्यबसायिक रुपमा असफल भयो ।

ठिक यतिबेला उनकै दुई फिल्म जुध्दैछन् । २६ माघमा दयाहाङको हात्तीछाप र दयारानी रिलिज हुँदैछन् । यतिबेला अभिनेता दयाहाङले आफ्नो दुबै फिल्म बम्बर बनेृको छ भन्नु परेको छ । दुबै फिल्मलाई उनले समान तराजुमा राखेर तैलनु परेको छ । फिल्म कुन कमजोर र कुन बलियो छ भन्ने कुरा उनलाई थाहा छ । त्यो त रिलिज पछि हलमा पक्कै थाहा हुन्छ । तथापि वितरकको इगोको कारण उनका दुई फिल्म जुध्न पुगेका छन् ।

अभिनेता दयाहाङकै कथन अनुसार अबको दुई वर्षमा यी अभिनेतासँग २२ वटा सिनेमा छन् । ती मध्य पाँच वटा घोषणा हुन बाँकी छ भने १८ वटा घोषणा भएदेखि रिलिजका लागि पाईप लाईनमा रहेका छन् । अब आउँदा दिनमा यी डेढ दर्जन मध्य उनका कतीवटा फिल्म जुध्छन । त्यसको लेखा जोखा छैन । ठक्कर खाएपछि बुद्धी आउँछ भने झै यी अभिनेतालाई अब आफ्नै फिल्म जुधेर आफ्नो फिल्मलाई असर पर्छ भन्ने लाग्न थालेको छ । सोही कारण अबको कम्तिमा एक वर्षदेखि डेढ वर्षसम्म कुनै पनि नयाँ फिल्ममा अनुबन्धित नहुने बाचा दयाहाङले गरेका छन् ।

त्यसो त ५ वटा फिल्म घोषणा हुने बाँकी छ । अब दुई वर्षसम्म उनीसँग अरु फिल्मलाई दिने समय नै छैन । त्यसैले अहिले नै नयाँ फिल्ममा अनुबन्धित भएर दुई वर्ष पछिको लागि निर्माताको पैसा होल्ड गर्नु पनि त भएन नी । बल्ल दयाहाङको बेलैमा बुद्धी आएको देखिन्छ । चलचित्रलाई चाउ चाउ झै उत्पादन गर्न थालेका दयाहाङले अब यो क्रमलाई रोकेर उपयुक्त फिल्म खेल्छन भन्ने आशा गरौं ।

नायक दयाहाङ राईको हातमा डेढ दर्जन फिल्म छ । रिलिज हुन बाँकी रहेका र छायाङ्कनमै नगएका फिल्मको संख्या हेर्दा दयासँग आउँदो बर्षका लागि अहिले नै फिल्म भरिएका छन् ।