सरकारी जग्गा हडपेको अभियोगमा चौधरी घरानाका अरुण चौधरी पक्राउ


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ माघ

सरकारी जग्गा हडपेको आरोपमा रहरीले बिहीबार व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चौधरीसहित तीन जनालाई पक्राउ गरेको हो ।

उनीहरुले बाँसबारीको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा अनुसन्धान आफुहरुले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सीआईबीकी प्रमुख किरण बज्राचार्यको निर्देशनमा उनीहरु बिरुद्धको प्रमाण सँकलन गरेर अनुसन्धानको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु बिरुद्ध परेको गोप्य उजुरीको आधारमा बिगत तीन महिनादेखि अनुबसन्धान भईरहेको थियो । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, बाँसबारीको सरकारी जग्गा पछिल्लो समय सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा थियो । जहाँ अरुण चौधरीले स्कुल सञ्चालन गरिरहेका छन् । यो चाँगबागको अहिले अध्यक्षमा सञ्जय ठाकुर र सदस्यमा अरुण चौधरी एवम् उनकी पत्नी शिला चौधरी छन् ।

सिबिआई प्रमुख किरण बज्राचार्यको कथनमा प्रभाव र पहुँचको आधारमा सरकारी जग्गा हत्याईएको देखिएपछि बिहीबार अरुण चौधरीलाई पक्राउ गरि अनुसन्धान थालिएको छ ।

अनुसन्धान टोलीका एक सदस्यका अनुसार, सरकारी जग्गा हडप्नकै लागि च्याम्पियन फुटवेयरको स्थापना भएको देखिन्छ ।

बिहिबार नै प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पनि पक्राउ गरेको छ । जिल्ला अदालत, काठमाडौंले चौधरी र थापालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बिहीबार दिउँसो प्रहरीले सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । उनलाई (शुक्रबार) अदालत उपस्थित गराइने छ ।