कपडा तथा सिलाई व्यवसायी एवम् समाजसेवी कार्की सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ पुष

‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका जिल्ला अध्यक्ष तथा समाजसेवी राज कार्की सम्मानित भएका छन् । अग्लेश्वरी हिल्स विकास कोषले काठमाडौंको नाचघरमा शनिबार आयोजना गरेको दोश्रो संस्करणको जीवन्त नेपाल म्युजिक अवार्ड–२०८० मा अध्यक्ष कार्कीलाई ‘अग्लेश्वरी हिल्स जीवन्त राष्ट्रिय युवा उद्यमी सम्मान २०८०’ बाट सम्मानित गरिएको हो ।

‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित कार्की बिगत एक दशकदेखी सर्टिङ सुटिङ व्यवसायमा सक्रिय छन् । बिभिन्न सामाजिक सेवाका काममा योगदान दिदै आएका कार्कीले यसअघि बिभिन्न अवार्ड तथा सम्मान प्राप्त गरेका छन् ।

सो अवार्ड समारोहमा रामेछापको सुनापति दोरम्बा सैलुङ र खाडादेवीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको अग्लेश्वरी हिल्स विकास कोषले मुलुकलाई आआफ्नो क्षेत्रबाट सेवा र योगदान पुर्याएका कार्की सहितका व्यक्तिहरुलाई सम्मानित गरेको हो । नेपाल सरकारका सास्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला श्रीपाली ठकुरी, बरिष्ट संगीतकार शम्भुजीत बासकोटा, आयोजक संस्थाका अध्यक्ष सिजम सिञ्जाली, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले कार्कीलाई सो सम्मान प्रदान गरेका हुन् । सो अवार्ड समारोहमा बिभिन्न क्षेत्र, पेशा, व्यवसायमा संलग्न व्यक्तिहरु सम्मानित भएका छन् ।