आयो प्रमोद खरेलको नयाँ गीत ’मनमा पर्यो चोट’


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ माघ

गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ’मनमा पर्यो चोट’ को भिडियो सार्वजनिक भएको छ । युट्यूवमार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा भनेको छ ।

स्वार्थ केन्द्रीत प्रेमको जालमा फसाएर एक युवतीले युवकको जीन्दगीमाथि गरेको खेलबाँडलाई भिडियोमा फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । पछिल्लो समयमा युवा युवतिमा फस्टाउँदो नाटकीय प्रेम र त्यसले सम्वन्धित व्यक्तिको जीवनमा ल्याउने उतारचढावलाई निर्देशक गौरव गिरीले भिडियोमा चित्रण गरेका छन् ।

भिडियोमा मोडलद्वय एलपी शर्मा र उषा उप्रेतीको अभिनय छ । कलाकार भद्रजंग कुँवर, दिवसनाथ, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली खड्काको पनि भिडियोमा अभिनय छ । गौरव गिरी र एलपी शर्माको शब्द रचना रहेको गीतमा पछिल्लो पुस्ताका उदयिमान संगीतकार रोहित देउवाले संगीत भरेका छन् । एरेञ्जको काम विषम आचार्यको छ भने मिक्सिङ तथा मास्टरिङ सजन शाहको छ ।

बसन्त कुँवरले छायांकन गरेको भिडियोमा कालिञ्चोक आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ । जसमा सम्पादन बलभद्र कुँवरको, मेकअपमा सरस्वती श्रेष्ठका र प्रोडक्सन डिजाईन दिनेश खड्को रहेको छ ।