भिडियोमा हरिराम र बबिनाको पिरतीको गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ माघ

गीतकार हरिराम पौडेलले लेखेको ‘पिरतीको गीत…’ गीत सार्वजनिक भएको छ । गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा यो गीत बजारमा आएको हो । बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ ।

‘पिरतीको गीत’ बबिना भट्टराईको अफिसियल युट्व च्यानलमा हेर्न सकिन्छ । जस्केलो क्रियशनद्धारा निर्मित गीतको भिडियोमा बबिना आफैले अभिनय गरेकी छिन् । गीत आफैंमा माधुर्य बनेको छ । गायिका बबिनाले आफ्नो गीतमा अभिनयबाट पनि न्याय गरेकी छिन् ।