सरोज र शिल्पाको प्रेममा ‘म को हुँ’को भिडियो सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ माघ

नयाँ गीत ‘म को हुँ…’को भिडियो सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश यो गीतमा रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द रहेको छ । यो गीतले आफू आफ्नै हुन नसकेको समयमा अरुको कसरी हुन सकिन्छ भन्ने भावलाई प्रकट गरेको छ ।

आफ्नो प्रेमका लागि छटपटिएक पुरुष र महिलाको कथामा यो गीतको भिडियो निर्माण गरिएको हो । भिडियोमा बरिष्ठ कलाकार सरोज खनाल र नायिका शिल्पा पोखरेलको अभिनय रहेको छ । एक अर्काको हुन नसकेको पीडा यो गीतको भिडियोमा सरोज र शिल्पामा पोखिएको छ ।

कलाकार सरोज खनालले यो गीत र भिडियो आफ्ना लागि विशेष रहेको बताएका छन् । राम कुमार केसीको छायांकन, विजेश पौडेलको सम्पादन रहेको यो गीतको भिडियोलाई रसरंग मिडियाले तयार पारेको हो । भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय छ ।