गायक पदम राईले नचाए धनकुटाबासीलाई


ब्युटी न्युज नेपाल
काठमाडौं ४ माघ

गायक पदम राईले बुधबार साँझ आफ्ना चर्चित गीतहरुबाट धनकुटावासीलाई आफुसंगै नचाएका छन् । पाख्रीवास नगरपालिका वडा नं. १ र २ को आयोजनामा पाख्रिवास २ सान्ने, चारतले डाँडामा सम्पन्न सांगीतिक कार्यक्रममा गायक राईले धनकुटे वासीलाई नचाएका हुन् ।

माघे सक्रान्तिको अबसरमा उनले धनकुटामा आफ्ना गीत प्रस्तुत गरेका छन् । कार्यक्रममा गायक पदम राईले के गुलियो छ र सखर चिनी, पछि पछि लागेर, यसो हेरे पुर्वतिर, बाटो घुमाउरो आदि गीत प्रस्तुत गरेका थिए । गायक पदम राई स्थानीय स्तरमा आयोजना हुने स्टेज कार्यक्रममा मात्र होइन विदेशमा रहेका नेपालीहरुको समेत अत्याधिक माग हुने गायक बनेका छन् ।

केही समय पहिले दक्षिण कोरियाको सांगीतिक भ्रमण सक्काएर नेपाल फर्के लगतै हङकङमा आफ्नो सांगीतिक कार्यक्रम गर्न उनी गएका थिए ।

एभरेष्ट इन्टरटेनमेन्ट ट्रेर्डिङद्धारा हङकङ स्थित याक एण्ड यति रेष्टुरेण्ट एण्ड बारमा आयोजित विशेष सांगीतिक कार्यक्रममा आफ्ना दर्जन बढी चर्चित गीत गायर हङकङ वासीलार्ई मनोरञ्जन प्रदान गरि हालै उनी नेपाल फर्केका हुन् । नेपाल फर्केको एक हप्ता बित्न नपाउँदै धनकुटा पुगेर उनले प्रस्तुति दिएका हुन् । यो कार्यक्रममा गायक राईलाई कार्यक्रममा टिका मगर, सन्दिप मगर, संगीता लुंगेली मगर लगायतका स्थानीय कलाकारहरुले साथ दिएका थिए ।