भालुवाङ दुर्घटना घाईतेको प्रभावकारी उपचारमा प्रधानमन्त्रीको निर्देशक, मृतक १२ जना पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ पुष

बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेर दुर्घटना हुँदा सो दुर्घटनामा परी १२ यात्रुको ज्यान गएको छ । सो दुर्घटनामा घाईते हुनेहरुको अहिले विभिन्न अस्पतालमा उपचार भईरहेको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धाञ्जली अर्पण सहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकाट गरेका छन् ।

यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सो दुर्घटनाबाट भएको क्षतीले आफू मर्माहत भएको बताएका छन् । उनले पनि घाइतेहरुको उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । मुख्यमन्त्री चौधरीले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको एक विज्ञप्ति मार्फत जनाएका छन् । मुख्यमन्त्री चौधरीले दुर्घटनामा ज्यान गुमाएकाहरुकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

नेपालगञ्जबाट काठमाडौँ गइरहेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा शुक्रबार राति खस्दा त्यसमा सवार १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत भएको छ । शवलाई लमहीस्थित लमही अस्पतालमा राखेर मृतकका आफन्तलाई बुझाउने कार्य भईरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाको चन्दननाथ नगरपालिका–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमको गोतामकोट–९ का २५ वर्षीय दीपक डाँगी, भारत विहारका ६७ वर्षीय योगेन्द्र राम तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेका छन् ।

दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गम्भिर घाईतेलाई अन्य अस्पतालमा रिलिज गरेर पठाईको सो अस्प्तालले जनाएको छ । नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १०ः३० बजे राप्ति नदीमा खसेको हो । प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।