काठमाडौं,३ फागुन
प्रणय दिवसलाई छेका पारेर गजित विष्ट र अनामीका चौलागाई प्रेम जोडीको रुपमा उत्रिएका छन् । अग्रज गीतकार एवं पत्रकार शान्तिप्रियले भ्यालेन्टाइन्स डे को अवसर पारेर सर्वजनिक गरेको माया लाउने यहि ज्यान हो … गीतको म्यूजीक भिडियोमा यी दुई प्रेमी जोडी बनेका हुन् । भिडियोको कोरियोग्राफी गजितकै हो ।


यो गीतका गायक गणश श्रेष्ठको जन्मदीन समेत परेकोले प्रणयदिवसकै दीन सार्बजनिक गरिएको हो । गायक गणश श्रेष्ठ नव गायक हुन् । यस अधि उनले केहि कभर सङ्ग गाएपनि गायनका हिसावमा उनको पहिलो गीत माया लाउने नै भएको छ । गीतलाई अहिलेका चर्चीत संगीतकार दिपक शर्माले संगीत गरेका छन् भने नरेन्द्र योगीको एरेञ्जमेन्ट यस गीतमा रहेको छ ।
प्रणय दिवसको अबसरमा सार्वजनिक गरिएको भिडियोको निर्देशन गीतकार शान्तिप्रियले आफैले गरेका हुन् । गीतको छायांकार एवं सम्पादक विरेन्द्र भाट ‘विपिन रेहका छन् । छायांछवि क्रियशनले गीतलाई बजारमा ल्याएको हो ।
गीतको भिडियो यस्तो छ ः