अञ्जु पन्तले बारमा गाईन हिन्दी गीत


काठमाडौं । ३ फागुन
केही वर्ष अघि दाम्पत्य सम्बन्ध टुटेपछि एक्लै रहेकी गायिका अन्जु पन्तले यस पटक भ्यालेन्टाईन डे काडमाडौंको साया हेलो गजल बारमा बिशेष रुपमा मनाएकी छिन् ।
सो बारमा दर्शकलाई आफ्ना एक दर्जन रोमाञ्चकारी तथा बियोगान्त गीत सुनाउँदै उनले भ्यालेन्टाईन मनाएकी हुन् । दर्शकको माग आएपछि उनले सो बारमा हिन्दी गीत पनि गाउनु परेको थियो ।
उनी यसरी बारमा एकल प्रस्तुति सहित सम्भवत पहिलो पटक उपस्थित भएकी हुन् । आफ्ना विभिन्न गीत सुनाउने क्रममा अन्त्यमा दर्शक दीर्घाबाट हिन्दी गीत फर्माईस भयो । सो फर्माईसलाई पुरा गर्न उनले कार्यक्रममा हिन्दी समेत गाउनु परेको हो ।


आफ्नो नयाँ गीत जिन्दगी यो फुलै फुलको हुँदैन…बाट उनले बुधबार बुलेकाको भ्यालेन्टाईन साँझ प्रस्तुति सुरु गरेकी थिईन् । अञ्जुले ‘भ्यालेनटाइन–डे’ को शुभकामना व्यक्त गर्दै उनी गीतसँगीत सहित दर्शकबीच प्रस्तुत भएकी हुन् ।
उनले सो क्रममा भन्छु आज मनका कुरा…, तिमी रोएको पल…, म यस्तो गीत गाउँछु… जस्ता आफ्ना विभिन्न लोकप्रिय गीत सुनाउँदै कार्यक्रमलाई प्रेमिल तुल्याईन् ।
सो गजल बारका सञ्चालक रुल्झ गुरुङले अन्जु पन्त जस्तै चर्चित कलाकारलाई आउँदा दिनमा पनि सो बारमा गायनमा उतार्ने बताए ।