पाक प्रतिस्पर्धामा’सेफ नेपाल’


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ मँसिर

कान्तिपुर टेलिभिजनमा हरेक शुक्रबार राती ९ बजेबाट “सेफ नेपाल“ कार्यक्रम आउने गरेको छ । उक्त कार्यक्रम खाना पकाउने कला र खाना पकाउने कलाकारहरु बिचको प्रतिस्पर्धात्मक कार्यक्रम हो ।

यो नेपालकै पहिलो त्यस्तो कार्यक्रम हो जहाँ पकाउने, चखाउने, र सो क्रममा उत्कृष्ट प्रस्तुती दिने जमर्कोमा प्रतिस्पर्धिहरु लागेको देखिन्छ । अनगिन्ती टिभी रियालीटी शोहरु एक पछी अर्को गरी बिभिन्न टेलिभिजनमा आइरहदा “सेफ नेपाल“ देशकै पहिलो फुड रियालिटी शो भएको दाबी यस कार्यक्रमका रचयिता एवं निर्माता धर्मराज पाण्डेको रहेको छ ।

“देशमा ३ दर्जन भन्दा धेरै टेलिभिजन च्यानल देखिन्छन्, पत्रकारिता जगत पनि ठुलो छ तर न त कुनै टेलिभिजन या पत्रपत्रीकाले नेपाली खानाको कार्यक्रम गरेको छ, न त कसैले यसलाई समाचारको बिषय नै देख्दछ“, निर्माता पाण्डे भन्छन । उनि भन्छन्, “पाक–पत्रकारिताको अवधारणा नै नभएको र पाक–कलालाइ मनोरन्जन को बिधामा कसैले नराखेकोले हामिलाई यो शो एक मनोरन्जनात्मक कार्यक्रम हो भनेर दर्शक माझ पुर्याउन धेरै अप्ठेरो भएको छ, पाक–कला या पाक–मनोरन्जन बारे बुझेर लेखिदिने कोही रहेनछन्“ ।

निर्माता धर्मराज पाण्डेको भनाइ धेरै हद सम्म सही पनि हो । टेलिभिजनका समाचारहरु राजनिती या त अन्य बिषय केन्द्रीत हुने गर्दछन् । मानव जिवनको प्रमुख आवश्यकता खाना को बिषय खासै समाचारको बिषय नभएको जस्तो नै देखिन्छ । पकाउने कार्य पनि एक कला हो तर यो कला बारे हामी तेती चर्चा पनि गर्दैनौ । खाना हाम्रो जिवन सँग जोडिएको छ, जिवन शैली र रहन–सहन सँग जोडिएको छ, सँस्कृती र धर्म सँग जोडिएको छ, भौगोलिक विविधता सँग जोडिएको छ, पर्यटन र अर्थतन्त्र सँग पनि जोडिएको छ । तर संचार माध्यम सँग भने खाना जोडिन नसकेको गुनासो रहेको छ, सेफ नेपाल टिभी शो का निर्माता पाण्डेको ।

निर्माता पाण्डे कारीब १६ वर्ष देखी बिभिन्न पेशामा संलग्न रही पर्यटन र अतिथि सत्कार उद्योगलाई नजिक देखी नियालेको अनुभव सुनाउछन् । नेपाली पाक–उद्योगमा बिकास नै नभएको र खानामा देखिनु पर्ने कलाकारिता प्रस्फुटन नै हुन नसकेको देख्दा निर्माता पाण्डे बिदेशको जस्तै पाक–कला सम्वन्धी शो नेपालामा पनि गर्ने कोशीस गरेको अनुभव पनि सुनाउछन् । “मैले २०१६ मा मास्टर सेफको पÞm्रेञ्चाइज नेपालामा ल्याउन चाहेको थिए, तर नेपाली बाजार सानो भएकोले त्यस्तो शो अहिले पनि गर्न असम्भव नै छ । त्यसैले नेपालको आफ्नै शो “सेफ नेपाल“ को परिकल्पना गरिएको हो“ उनले बताए।

“सेफ नेपाल“ को पहिलो संस्करण पाक–कलाका सौखिनहरु माझको प्रतिस्पर्धात्मक शोको रुपमा तय गरिएको छ । जम्मा १८ भागमा प्रशारण हुने यस कार्यक्रमको १३ भाग प्रशारण भइसकेको छ । अनलाईन अडिसन लिएर प्रतिस्पर्धिहरु एकत्रित गरिएको यस कार्यक्रममा १०० प्रतिस्पर्धी छनोट गरी प्रत्यक्ष अडिसनको लागी बोलाईएको थियो । प्रत्यक्ष अडिसनमा प्रतिस्पर्धिहरुले “सेफ नेपाल“ कै स्टुडियोमा खाना बनाइ निर्णायकत्रय मास्टर सेफ सन्तोष साह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारीलाई आफ्नो स्वाद चखाएका थिए । सो अडिसन राउण्डबाट २४ जना छनोट भइ बिभिन्न प्रतिस्पर्धामा खारो उतृदै अहिले उत्कृस्ट १० प्रतिस्पर्धिहरु पाक–कलाको प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाललाई पहिलो फुड रियालिटी शो र पहिलो उत्कृस्ट १० प्रतिस्पर्धी दिँदै नेपाली टिभी मनोरन्जनको विधामा पाक–मनोरन्जन पनि थपेर निर्माता पाण्डेले राम्रो काम गरेका छन् ।