हङकङ वासी झुमे गायक राईसंगै


ब्युटी न्युज नेपाल
काठमाडौं २१ मंसिर

गायक पदम राईले मंसीर १६ ‘२ डिसेम्बर २०२३’ मा हङकङमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा हजारौको संख्यामा उपस्थित दर्शक माझ आफ्नो लोकप्रिय गीतहरु गाएर हङकङ वासी नेपालीहरुलाई आफुसंगै नचाएका छन् । एभरेष्ट इन्टरटेनमेन्ट ट्रेर्डिङ को. व्दारा हङकङ स्थित याक एण्ड यति रेष्टुरेण्ट एण्ड बारमा आयोजित विशेष सांगीतिक कार्यक्रममा गायक राईले आफ्नो दर्जन भन्दा बढी चर्चित गीतहरु गाएर उपस्थित पाहुनाहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका हुन् । कार्यक्रममा गायिका खुशी थुलुङ्गको पनि प्रस्तुति रहेको थियो ।

गत महिना दक्षिण कोरियाको सांगीतिक भ्रमण सक्काएर नेपाल फर्के लगतै दशैंको अवसर पारेर आयोजना गरिएको पूर्वाञ्चलको इलाम, पाँचथर, धरान, इटहरी लगायतका स्थानमा सांगीतिक कार्यक्रममा ब्यस्त रहेका ृउनी यतिबेला यो कार्यक्रममा उत्रिएका हुन् ।
गायक राईको पछिल्लो समय सार्वजनिक भएको के गुलियो छ र सखर चिनी, पछि पछि लागेर, जागिर खान्छु सरकारी अड्डामा यसो हेरे पुर्वतिर लगायतका गीगहरु चर्चा रहेका छन् । गायक राईको हालसालै बजारमा आएको बाटो घुमाउरो बोलको भिडियो आम श्रोता, दर्शको रुचिको बनेपछि गायक पदम राई स्थानीय स्तरमा आयोजना हुने स्टेज कार्यक्रममा मात्र होइन विदेशमा हुने सांगीतिक कार्यक्रममा समेत अत्याधिक माग हुने गायकमा पर्दछन् ।