तेश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको मनोनयन सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० कात्तिक

सर्जकलाई सम्मान, गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नाराका साथ आयोजना हुँदै आएको क्वालिटी इन्टरटेनमेन्ट अवार्डको तेश्रो संस्करण यसपटक मलेशिया र नेपालमा आयोजना हुने भएको छ ।

क्वालिटी फिल्म प्रा.लि.को आयोजना र विलक्षण क्रियसन प्रा.लि.को व्यबस्थापनमा सम्पन्न हुने यो अवार्डको लागि आधुनिक, पप, लोकपप, लोक, लोक दोहोरी, भाषाभाषी तथा भेग विशेष, राष्ट्रिय भाव जस्ता विविध ३४ विधामा मनोनयन सार्वजनिक गरिएको छ । चलचित्र तर्फको विविध विधामा मनोनयन भने सार्वजनिक नगरी निर्णायकले चयन गरेको उत्कृष्टको आधारमा अवार्ड प्रदान गरिने आयोजक संस्था क्वालिटी फिल्म्सका अध्यक्ष उमेश गुरुङले बताएका छन् ।

यस अघि पहिलो र दोश्रो संस्करणको अवार्ड नेपालमा आयोजना भएको थियो । यो तेश्रो संस्करणको अवार्ड आगामी मँसिर ११ गते मलेशियाको राजधानी क्वालालाम्पुरको बुकित विन्ताङमा रहेको ‘डि काष्ठमाण्डप’ होटल तथा रेष्टुरेन्टमा हुने भएको छ । र बाँकी अवार्ड मँसिरको अन्तिम साता काठमाडौंमा आयोजना हुने भएको छ । मलेशिया जान नसक्ने विजेताहरुलाई नेपालमै मँसिरको अन्तिम साता एक समारोहबीच अवार्ड प्रदान गरिने पनि अध्यक्ष गुरुङले बताएका छन् । मलेशियाको अवार्ड आयोजक टिममा सल्लाहकारको रुपमा सामाजिक अभियान्ता पूर्ण सुब्बा योङहाङ, चलचित्र निर्माता तथा व्यबसायी सुवास गिरी, मलेशियाको अवार्ड संयोजकमा त्यहाँका पत्रकार इश्वर राई रहेका छन् ।

अवार्डको मनोनयन यस प्रकारको रहेको छ 

१. राष्ट्रिय भावको गीत गीतकार
बुद्ध जन्मे कहाँ – कमल बिरही थापा
देशको मायाँ मुटुमा – जीवन बम्जन
जाग युवा जाग – नवराज जँग थापा
देशलाई माया गर – पुरुषोत्तम बस्नेत

२. आधुनिक गीत गीतकार
यो खुसीको पल – बुद्धिमान थापा
भिजाएर आँसु – कुमार सिवाकोटी
बलेको आगो २ – लक्ष्मी बर्देवा
दुर सागर – डब्बु क्षत्री
समलिँगी – श्रृषा पौडेल

३. आधुनिक गीत गायक
नढाँटन हौ – दीपक लिम्बु
हाम्रो लभ – अमृत चेपाङ
लुकी लुकी – कर्णराज गिरी
सँधै यस्तै मिठा कुरा – डेविड शँकर
फेरी तिम्ले छुरा रोपी – अशिम तामाङ
बलेको आगो २ – राजकुमार सिंह

४. आधुनिक गीत गायिका
लुकी लुकी – कमला रेग्मी
यो मायाँ – श्रद्धा दियाली
यो खुसीको पल – मेलिना राई
समलिँगी – समीक्षा अधिकारी
सँधै यस्तै मिठा कुरा – बेनिसा पौडेल

५. आधुनिक गीत संगीतकार
लुकी लुकी – अर्जुन पोखरेल
बलेको आगो – सुनिल राई
सँधै यस्तै मिठा कुरा – दिपक शर्मा
यो मायाँ – राई सन्तोष
दुर सागर – राज सागर

६. आधुनिक गीत म्युजिक भिडियो निर्देशक
बलेको आगो – प्रभु गुरुङ
पागल हो म पागल – दिनेश ठकुला
समलिंगी – दीपशिखा खड्का
जमुना – होम धिताल
दुर सागर – डब्बु क्षत्री

७. पप आधुनिक गीत पुरुष मोडल
बलेको आगो २ – रोशन बस्नेत (आधुनिक)
यो मायाँ – श्रीदेब भट्टराई (आधुनिक)
भिजाएर आँसु – सुधिर श्रेष्ठ (आधुनिक)
बाडुल्की – विकाश सुवेदी (पप)
सँगै हुनलाई – सुसान्त कार्की (पप)

८. आधुनिक पप गीत महिला मोडल
बलेको आगो २ – निश्मा बम (आधुनिक)
समलिँगी – दिपशिखा खड्का (आधुनिक)
दुर सागर – सरिता भारती (आधुनिक)
थामिदेउ हात – सरिश्मा मगर (पप)
कसरी – अञ्जु फगानी (पप)

९. पप तथा लोकपप गायक
कसरी – गोविन्द गर्बुजा (पप)
खल्लो मायाँ – सुवास तिमस्लिना (पप)
बाडुल्की – सागर जोशी (पप )
कुर्दै कुरेन समयले – लक्षु प्रकाश मल्ल ( लोक पप)
हिरा टलल – राजमान तामाङ (लोकपप)

१०. पप तथा लोकपप गायिका
सँगै हुनलाई – प्राची बिडारी (पप)
सम्झनाको मफलर – नितु पुन (पप)
छ मलाई रमाईलो – बिन्दु पौडेल (लोकपप)
सैलुँगे बजार – लामु शेर्पा (लोकपप)
सानी ठुली – मेचु धिमाल (लोकपप)

११. लोक दोहोरी गीत गायक
डाँडै पिपल – झलक पुन
फुल मायाँमा – राजु आर डी
हेर्छन रमिता – तुलमान गुरुङ
मायाँ फिक्का फिक्का – गणेश सेन्चुरी
काली तरेर – महेन्द्रराज बराल

१२. लोक दोहोरी गीत नव गायक
सुन्दर बजार कटेसी कुन्छा – विवेक धिताल
ओई सांईली – रोम श्रेष्ठ
धोको थिएन – रोशन तीखत्री
सम्झिए मन दुख्छ – नवराज बस्नेत
सली सली बगेको काली – धिरज श्रेष्ठ

१३. लोक दोहोरी गीत गायिका
सलीसली बगेको काली – बसन्ती सुनारी मगर
काली दोभान – समुन्द्र परियार
पानी मिठो – बिष्णुमाया गुरुङ
लम्जुङ दरबार – निमा तामाङ
सुन्दर बजार कटेसी कुन्छा – रेजिना परियार

१४. लोक दोहोरी गीत भिडियो पुरुष मोडल
भन्ज्याङ खर्क छ – फुर्वा दोर्जे तामाङ (कुमार लामा)
आउ है छिट्टै घर – विशालनाथ योगी
कठै म बिचरो – इश्वर खाती
बाँच्छु की बाँच्दिन – शँकर चन्द
हेर्छन रमिता – लोमस शर्मा

१५. लोक दोहोरी गीत भिडियो महिला मोडल
सान्बाबु – उषा सुवेदी
सुन्दर बजार कटेसी कुन्छा – उत्साहा घिमिरे
तिजैमा सुहाउने रातो – सरस्वती योञ्जन तामाङ
बुट्टा भरेर – सोनी विश्वकर्मा
हल्का तुच्च – पवित्रा गुरुङ

१६. लोक दोहोरी गीत भिडियो निर्देशक
हाई सन्चो – एकिन्द्र साराशँकर
हाङकङ सिँगापुरे – हाङ चेम्जोङ
माईतीको झलिको – नरेन्द्र पुन
बनै चरीको – मिलन श्रेष्ठ
मायाँ दिएँ धोका पाएँ – सुनिल परियार

१७. लोक तथा दोहोरी गीत गीतकार
अनाथ – सागर रेग्मी
परदेशमा छौ – राधिका अधिकारी
तिजैमा सुहाउने रातो – शिव केसी
स्वर्ग झैं रमाईलो – गणेश गुरुङ
जिस्केर मस्केर – डब्बु क्षत्री

१८ लोक तथा लोक दोहोरी संगीतकार
भोजपुरै जिल्ला – खगेन्द्र थामी
तुलसी मोठ – सन्तोष अधिकारी
पियार पियारी – सोनु केसी
मुुटुको धड्कन – सँगम थापा
सुन्दर बजार कटेसी कुन्छा – विवेक धिताल

१९. लोक गीत गायक
रानी घाटैमा – सुन्दर आरडी
मनको साईनो – गोपाल रामदाम
लिन आउँछु – नेत्रजी पन्त
पिरती छुटाए – रमेश परियार
तक्दिर – बद्री सिटौला

२०. लोक गीत गायिका
दिलैको राजालाई – कला रेग्मी
झम्के साँझ – देउमाया गुरुङ
लम्जुङ ठाडो भाका – सन्ध्या परियार
जिस्केर मस्केर – सरिता भारती
सेल्फी मोवाईल – अस्मिता अधिकारी

२१. भाषाभाषी तथा भेग विशेष गीत गीतकार
रोधीघर (सालैजो) – दयाराम गुरुङ
यो नानीको सिरैमा (कौडा) – कृष्ण गुरुङ
इच्छिङमा (लिम्बु भाषा) – सैलेन्द्र नाल्बो
सिमाना (लिम्बु भाषा) – लिला सिलिङ मावो
गेतेङा गोतेङा (सुनुवार भाषा) – तारादेवी सुनुवार

२२. भाषाभाषी तथा भेग विशेष गीत गायक
थाक्फेला २ – सुमन लिम्बु
जोस लेउ – गोपाल पुन मगर (सिङरोन)
दमौलीको चाईना पुल – तेजेन्द्र दुरा
ओई साली – सानु पुलामी मगर
ए सुवा – गोपाल दयाल

२३. भाषाभाषी तथा भेग विशेष गीत गायिका
आकाशै राम्रो – शशिकला मोक्तान
थोक्फेला २ – निरन्ता नेम्वाङ
दमौलीको चाईना पुल– रमिला गुरुङ
मारुम (सि यु पारती) – सुमित्रा बुढा
लाफा ज्यू – रचना रानामगर

२४. भाषाभाषी तथा भेग विशेष गीत पुरुष मोडल
सुन्तलाको रस – आरम्भ तामाङ (भाषभाषी)
रातो रातो गुलाब – रमेश तामाङ (भाषभाषी)
हङकङ सिँगापुर – दिपेन काम्फे सुब्बा (भाषभाषी)
थोक्फेला २ – पूर्ण सेलिङ (भाषभाषी)
दमौलीको चाईना पुल– आनन्द गुरुङ (भेग विशेष)

२५. भाषाभाषी तथा भेग विशेष गीत महिला मोडल
सुन्तलाको रस – सुनिता वाईबा (भाषभाषी)
इच्छिङमा – पुष्पाञ्जली तिलिङ (चपेतीको आमा) (भाषभाषी)
मिक्लरेन कोम्हा – लक्ष्मी लिम्बु योङहाङ (भाषाभाषी)
गैरी गाउँकी साईली – रिना गुरुङ (भेग विशेष)
बुलबुल – निरुता भुजेल (भेग विशेष)

२६. संगीत संयोजक
दमौलीको चाईना पुल – तेजेन्द्र दुरा
जिस्केर मस्केर – सविन सुवेदी
डाँडै पिपल – नरेन्द्र बियोगी
पट्टाको के झोरा– डोलराज बारघरे
बनमा खयर – सुनिल परियार

२७. नृत्य निर्देशक
हाँसेर बोलनी – जोन राई
तिमी हाँस्दा – जलन गुरुङ
मुसुक्क हाँसे – नेत्र बहादुर गुरुङ
कर र करार – रोमा लामा

२८. मेकअप/हेयर
सुन्दर बजार काटेसी कुन्छा – राजकुमार गुरुङ
बलेको आगो २– पुष्पा गुरुङ
रातो सारी – जेनिसा मोक्तान
सानु मायाँ – रेनु पुन मगर
दमौलीको चाईना पुल– उर्मिला लामा

२९. छायाँकार
लिन आउँछु हैत दिदी – मरुभूमि नारायण
फेरी तिम्ले छुरा रोपी – सुनिल परियार
बलेको आगो २ – सुमन श्रेष्ठ
दमौलीको चाईनापुल – सुनिल भण्डारी
दिलैको राजालाई – नवराज उप्रेती

३०. भिडियो सम्पादक
हाईसन्चो – सुजन कोईराला
सुन्दर बजार कटेसी कुन्छा – रोशन धिताल
राजारानी – राजकुमार मगर
जिस्केर मस्केर – बीरेन्द्र भाट ‘बिपिन’
शिरफुल – बिष्णु खड्का

३१. टेली सृँखला (चरित्र अभिनेता)
गरिबको जिन्दगी – विमल थिङ तामाङ
गाह्रो छ – बेगम नेपाली
भावीको लेखान्त – लेखनाथ भुसाल
गरिबको जिन्दगी – फुर्वा दोर्जे तामाङ
गरिबको जिन्दगी – विशाल कटुवाल

३२. टेली सृँखला (चरित्र अभिनेत्री)
जुठे – सोनिका बाँस्तोला
गरिबको जिन्दगी – रञ्जिता ओली
नारी – शर्मिला शर्मा
अत्ति भो – सुबु शाही
गाह्रो छ – रियासा दाहाल

३३. लाईभ दोहोरी गायक
लाईछ्यौ बेसन – सृजन आले
ढुँगे धारा – सुमन परियार
लाहुरे झोलाको – सागर बिसी
सल्ला धुपैले – सिदार्थ आले
पानको पत्ता छ – धिरज कोईराला

३४. लाइभ दोहोरि गायिका
ससुरालीमा – रेनुका भट्टराई
आउने दिन – श्रृजना कुँवर
सल्ला धुपैले – दिक्षा सुनुवार
लास्सो लास्सो – गीता योन्जन
बल्लै भो भेट – पुष्पा गुरुङ

३५. बाल कलाकार
मन्जरी – रोहित ओली
दुई नम्बरी – शेयस पौडेल क्षत्री
छोराछोरी बिदेशी भूमिका – सम्राट दाहाल
बुद्धको भूमि – उपमा थपलिया
दुर्गा – दोरोना एञ्जल भाट