चलचित्र पत्रकार संघ नेपालको शाखा इलाम,झापा र मोरङ्गमा बिस्तार,कोशी प्रदेशमा नयाँ नेतृत्व


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ कात्तिक

चलचित्र पत्रकार संघ नेपालको झापा जिल्ला, इलाम जिल्ला र मोरङ्ग जिल्ला शाखा गठन भएको छ । संघको १० र ११ औँ र १२ औं शाखाको रूपमा यी शाखा गठन भएका हुन् । त्यसैगरी कोशी प्रदेशको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । तिन जिल्ला आयोजित भेलामा सङ्घका केन्द्रीय अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा तथा संघका सदस्य कुमार आचार्य लगाएको उपस्थितमा शाखा गठन गरिएको हो । सो गठन कार्यक्रम प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको हो ।

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाको बिशेष साधारण सभाबाट अध्यक्ष सन्जु राईको टिम निर्बिरोध निर्वाचित भएको छ। कार्यसमितिमा बिरेन्द्र कुमार शाह उपाध्यक्ष,सुवास संकल्प सचिव,बिकल श्रेष्ठ सहसचिव,रश्मी थापा कोषाध्यक्ष र सदस्यहरु तुल्सी प्रसाद निरौला,निशान कंडेल,गोपाल काफ्ले, सोम सुनुवार,सृजना श्रेष्ठ,आन्छुमे नसान (लावती) निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिले अन्य केहि सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको छ ।

इलाम शाखामा अतीत योङहाङको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्ष दुर्गेश भट्टराई, सचिव सुनिता मगर, सहसचिव तारा खाती र कोषाध्यक्षमा सरिता राई छनौट भएका छन् । सदस्यहरूमा एलिना गुरूङ, त्रिलोचन अधिकारी, शुसिल मोरोहाङ, सुनिल शङ्कर, केशव भट्टराई, मिलन मुखिया, उमेश लिम्बू, रोशन काफ्ले, सृष्टि कुरूम्बाङ रहेका छन् । भेलाले तीन सदस्यीय प्रदेश प्रतिनिधिसमेत छनौट गरेको छ । सोम सुनुवार, सृजना श्रेष्ठ र काकीराम लावती (आन्छुमे नसान) छनौट भएका छन् । पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । सल्लाहकार समितिमा सटेन्द्र जबेगु, विप्लव भट्टराई, बुद्धमाया सोङ्मी, केवल तामाङ र सुरेश पोर्तेल रहेका छन् ।

त्यस्तै झापा शाखाको अध्यक्षमा रमेश तिवारी चयन भएका छन् । १५ सदस्यीय छानिएको कार्यसमितीम समीर सुवेदी उपाध्यक्ष, सचिव एकराज प्रधान, सहसचिव सुरज प्रधान कोषाध्यक्ष शुभला तामाङ र सदस्यहरूमा सन्तोष न्यौपाने, उद्धव पुरी , निराजन निरौला, सुनिता तामांग, अस्मिता सांखी, दिपेन भेटवाल, सन्तोष शर्मा , अभिषेक धमला , नगेन्द्र नेपाल र रवि किरण वान्तवा रहेका छन् । चलचित्र पत्रकार संघ नेपालको मोरङ्ग शाखामा प्रेम देवानको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्ष हुसेन सेख,सचिव सन्तोष बास्तोला,सहसचिव निरोज मल्ल,कोषाध्यक्ष सरिता कर्माकार तथा सदस्यहरु अपरोज हवारी,कप्लेस यादव,एलिसा रायमाझी,दिपेश रोक्का,अफ्ताप अली चयन भएका छन्।