अभिनेत्री तथा मोडल दिपासा बिसीको निधन


सरिता भारतीब्युटी न्युज नेपाल
काठमाडौं, २३ कात्तिक

चलचित्र अभिनेत्री तथा म्युजिक भिडियो मोडल दिपाशा बीसीको निधन भएको छ । उपचारको क्रममा उनको बिहिबार दिउँसो २८ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । अस्पतालले उनलाई बिहीबार दिउँसो करिब ४ बाजेतिर मृत घोषणा गरेको हो ।

पछिल्लो समय मानसिक तनावमा रहेकी यी अभिनेत्रीले काठमाडौंको काठमाडौं मलमा व्युटी पार्लर चलाई रहेकी थिईन् । उनी पछिल्लो समय पनि म्युजिक भिडियोमै व्यस्त थिईन् ।

उनलाई बुधबार राती घरबाट भाईले नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनले निन्द्रको चक्की धेरैमा मात्रमा सेवन गरेको बताईएको छ । उनको शबलाई पोष्ट मार्टमको लागि बिहिबार साँझ काठमाडौंको त्रिविवी शिक्षण अस्पतालमा लगिएको छ । उनको आमा दुबईमा भएका कारण आमा आएपछि दाहसँस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।

उनले एक हजार भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेको बताईएको छ । पातली २, नामी मै, माईतीको देश, बनमा चरी, जान्न फर्केर, घरबेटी, हो मेरो सारी, लौ मार्यो मायाले, सिन्दुर लाउँछु पियारी, रातो सारी लरक्कै जस्ता उनले मोडलिङ गरेको कैयौं गीतहरु हिट छन् ।

त्यसो त उनी कुशल नृत्यँगना पनि थिईन् । उनले करिब ३०० वटा महोत्सब तथा कार्यक्रमहरुमा आफ्नो प्रस्तुति देखाईसकेकी थिईन् । क्यानडा सहित विभिन्न देशमा पुगेर आफ्नो प्रस्तुति दिएकी उनको निधनको खबरले अहिले नेपाली चलचित्र उधोग तथा गीतसंगीत उधोग अहिले स्तव्ध भएको छ।