गायक अमृतले पत्नी संगीतासँगको प्रेम पोखे भिडियोमा


काठमाडौं । २ फागुन
आज प्रणय दिवस । आजको दिन आफ्ना दम्पतिले पनि प्रेमलाई अझ प्रगाढ तुल्याउँछन् । यस्तै प्रगाढ दाम्पत्य सम्बन्धमा रहेका गायक अमृत क्षत्री आफ्नी पत्नी संगीतासंगको माधुर्य प्रेम लिएर यो भ्यालेन्टाईनमा दर्शकमाझ आएका छन् ।
उनले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै आफ्नो स्वरमा सजिएको गीत मग मग…को भिडियो दर्शक तथा श्रोता सामु ल्याएका छन् । गीतमा एक नारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत रहेको छ ।


भिडियोमा अमृतले आफ्नी श्रीमती संगीता क्षत्रीलाई मोडलको रुपमा प्रस्तुत गरेका छन् । गीतको भिडियोमा यी दुईको प्रेमलाई देखाइएको छ । गीतमा एक अर्काको प्रेमको चर्चा गरिएको छ ।
गीतलाई बुद्ध थापा र उनको टिमले छायाँकन गरेका हुन् । यसलाई विकास धमलाले सम्पादन गरेका हुन् । गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । यो गीत र यसको भिडियोलाई माया गर्ने जोडीले रुचाउने दाबी यी दम्पत्तिको छ । गीतमा माया आभास गराउने क्षणहरु प्रस्तुत गरिएको छ ।

गीतलाई भ्यालेन्टाइन डे कै वरपर रिलिज गर्ने योजना अनुसार सार्वजनिक गरिएको निर्देशक निकेशले बताए । त्यसैले यसमा मायाका भावलाई दृश्य मार्फत पनि ब्यक्त गराउने प्रयास गरेको पनि उनको कथन छ ।