मिसेस नेपाल वल्र्डको फाईनलका लागि मिसेस वल्र्ड सगरम कौशल काठमाडौंमा


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ कात्तिक

यही कार्तिक २२ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ‘मिसेस् नेपाल २०२३’को फाइनलमा सहभागी हुन ‘मिसेस् वर्ल्ड २०२२’ सरगम कौशल शनिबार काठमाडौँ आएकी छन् । उनी आफ्नी आमासहित शनिवार साँझ काठमाडौँ आएकी हुन् । उनलाई आयोजक संस्था रिबन इन्टरटेनमेन्टका निशुकान्त झा र अफिसियल कोरियोग्राफर अश्विनीकान्त झा सहित मिसेस् नेपाल वर्ल्ड २०२२ विजेता दीक्षा केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरे ।

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थालको भिआईपी कक्षमा पत्रकारसँग कुरा गर्दै सरगमले नेपाल आउन आफुलाई बाल्यकालदेखि चाहना भए पनि बल्ल आउने अबसर पाएको बताईन् । शनिबार नेपाल आएकी सरगम आईतबार बिहान भ्रमणको लागि पोखरा पुगेकी छिन् । उनले मिसेस नेपाल वल्र्डका प्रतियोगीहरुलाई सफलताको शुभकामना दिँदै अघि बढ्न पनि सुझाब दिएकी छिन् ।

उनले आफुलाई नेपालमा निमन्त्रण गरेकोमा आयोजकपक्षलाई धन्यबाद दिँदै नेपालका पोखरा र काठमाडौंको विभिन्न रमणीय स्थल भ्रमण गर्ने बताईन् । आमाको चाहना अनुसार सुरुमै पशुपति नाथको दर्शन गर्ने पनि उनले बताईन् । पत्रकारसँग उनले भनिन्,‘सगरमाथाको देशमा मलाई निम्त्याएकोमा नेपालको आयोजकलाई धन्यवाद छ । पहिलो पटक नेपाल आएकी हुँ । मलाई नेपाल र भारत सहोदर दिदीबहिनी जस्तो लाग्छ । यही मौकामा धार्मिक हिसाबले पनि पुन्यभूमि नेपालको पशुपतिनाथ मन्दिरको दर्शन पनि गर्नेछु ।’

आफ्नो बुबाको चाहना अनुसार आज आफु मिसेस वल्र्ड बन्न सफल भएको पनि उनले बताईन्,‘मैले मिसेस वल्र्डको उपाधि जितेपछि सबैभन्दा बढी बुबा खुसी हुनुभयो । जीवनमा आफ्नो सबैभन्दा ठुलो सपना पुरा भएको पनि बुबाले बताउनु भयो ।’

आफुले मिसेस वल्र्डको उपाधि जितेपछि विभिन्न देशमा पुगेर विवाहित तथा अविवाहित महिलाहरुकोलाई आफु कसरी सुरक्षति रहने तथा युवतीहरुलाई कसरी लागू औषध तथा कुलतबाट बच्ने भन्नेबारे प्रशिक्षण दिँदै आएको पनि उनले सो क्रममा बताईन् ।

मिसेस् वर्ल्ड विश्वभरमा विवाहित महिलाहरूको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता हो । सन् १९८४ देखि सुरु भएको मिसेस् वर्ल्डको नेपालको प्रतियोगिता सन् २०१५ देखि रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको छ ।

२०२३ संस्करणको प्रतिस्पर्धामा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुवेदी, सुष्मिता सिंह, निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुकता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेककुमारी घले, मङ्गली सिलवाल र सरु आरएल राणा सहभागी छन् । विजेताले आगामी २०२४ को जनवरीमा अमेरिकाको लसभेगासमा हुने मिसेस् वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् भने मिसेस् इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२४ मा सिंगापुरमा हुने मिसेस् इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।