सरकारले भूकम्पमा मृत्यु भएकाका प्रति परिवारलाई २ लाख रुपैयाँ राहत दिने


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ कात्तिक

शुक्रबार बेलुका जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट हालसम्म १५७ जनाको मृत्यु भएको छ भने १७० जना घाईते भएका छन् । सो भूकम्पबाट जाजरकोटमा १०५ जना र रुकुममा ५२ जनाको मुत्यु भएको हो । अझै पनि घाईतेको उद्धार तथा उपचार क्रम जारी छ ।

यसैबीच नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका प्रतिपरिवारलाई रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारमा आइृतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै तत्काल राहतस्वरुप भूकम्पमा मृत्यु भएका प्रति परिवारलाई पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिएकी छिन् ।

यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिईन । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको थियो ।

तस्बिर : रासस