रामचन्द्र कोईरालालाई मानार्थ डक्टरको उपाधि


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ कात्तिक

लोक संस्कृतिकर्मी तथा नृत्य निर्देशक आरसी कोइराला (रामचन्द्र) लाई सामाजिक जागरूकता र शान्ति विश्वविद्यालय फ्लोरिडा, संयुक्त राज्य अमेरिकाको फ्लोरिडा स्थित सोसियल अवेरनेश एन्ड पिस युनिभर्सिटीका तर्फ बाट मानार्थ डक्टरको उपाधीबाट प्रदान गरिएको छ।

कोइरालाले अन्तर्राष्ट्रिय सस्कृतीबिद्दको क्षेत्रमा पुर्याउनु भएको कार्यको उच्च मुल्यांकन गर्दै मानार्थ डाक्टरको उपाधी प्रदान गरिएको सामाजिक जागरूकता र शान्ति विश्वविद्यालय फ्लोरिडा, संयुक्त राज्य अमेरिकाले जनाएको छ।

नुवाकोट जिल्लाको हर्कपुर ९हाल बिदुर नगरपालिका वडा नम्बर १३० मा बुबा रत्न प्रसाद कोइराला तथा माता सावित्री कोइरालाको कोखबाट जन्मनु भएको आरासी कोइराला (रामचन्द्र) बिगत तीन दशकदेखि अनब्रत रुपमा नेपाली कला संस्कृतिलाई सम्बर्द्धन तथा प्रबर्द्धन उल्लेखनीय कार्य गर्दै बिश्व भर नेपाली संस्कृति मार्फत नेपालाई परिचीत गराउदै आउनु भएका कोइराला एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष हुनुहुन्छ।

कोइरालाको नेतृत्व तथा एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा नेपालमा हुने एक मात्र अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका उनी अध्यक्ष सहित हुनुहुन्छ कोइराला, कोइरालाको यस्तै अतुलनीय कार्यको सम्मानमा मानार्थ डाक्टरको उपाधी प्रदान गरेको विश्वविद्यालय फ्लोरिडा, संयुक्त राज्य अमेरिकाले जनाएको छ।