दयाराम पाण्डेको अध्यक्षतामा इनास नेपालमा नयाँ कार्यसमिति चयन


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ कात्तिक

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ९इनास० नेपालमा नयाँ कार्यसमिति चयन भएको छ । लोकप्रिय गीतकार एवं संचारकर्मी दयाराम पाण्डेय नयाँ कार्यसमितिको अध्यक्षमा चयन भएका छन् । काठमाडौंमा आज ९बुधबार० सम्पन्न इनास नेपालको अधिवेशनबाट पाण्डे सन् २०२३–२०२५ को लागि सर्वसम्मत निर्वाचित भएका हुन् । पाण्डेय यसअघि इनास नेपाल तदर्थ समितिको संयोजक थिए।

त्यस्तै इनास नेपालको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्देशक ऋषि लामिछने, देवकुमार श्रेष्ठ र संगीतकार अर्जुन पोखरेल निर्वाचित भएका छन् । महासचिवमा खेलाडी एवं गीतकार बलराम मित्र, सचिवमा प्रोडक्सन डिजाइनर शंकर पाण्डे र कोषाध्यक्षमा चलचित्र वितरक सुनिल मानन्धर सर्वसम्मत भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा नायक पुष्प खड्का, नरेन खड्का, गायक युवराज चौलागाईं, गायिका माण्डवी त्रिपाठी, नृत्य निर्देशक कविराज गहतराज, निर्देशक रामशरण घिमिरे, कल्पना आचार्य, पूर्ण लामा, भूमिका शाह, कृष्ण के सी, विबुध लुइँटेल र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक अधिवक्ता सेमन्तमणि खरालले सपथ ग्रहण गराएका थिए।

उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष पाण्डेयले आफ्नो प्रतिबद्धता पत्र प्रस्तुत गर्दै पुरानो कार्यसमितिका सम्पूर्णलाई बधाई ज्ञापन गर्दै नयाँ कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई स्वागत समेत गरे। एक्लैले केही गर्न सकिदैनू, अध्यक्ष पाण्डेयले भने संस्था(संगठन भनेको टिमवर्कले अगाडि बढ्ने हो, त्यसैले सबै संगै एकढिक्का भएर अगाडि बढौ भने ।

इनास ग्लोबलका अध्यक्ष पुष्प बरुवालले नयाँ कार्यसमितिको अगाडि ठूलो चुनौती रहेको र नयाँ टिम हेर्दा आफू निकै आशावादी भएको बताए।
उनले यो टिमले पक्कै राम्रो गरेर इनासलाई नयाँ उचाईमा पुर्याउने बताए

सो अवसरमा इनास ग्लोबल वरिष्ठ उपाध्यक्ष रामचन्द्र थापा, उपाध्यक्षद्वय अर्जुन काफ्ले, सावु गदाल, कोषाध्यक्ष कुलराज थापा र एशिया संयोजक लोकराज अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए।