एलिना र सजिना दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’मा उत्कृष्ट


ब्युटी न्युज नेपाल
काठमाडौं २८ असोज

एलिना ताम्राकार र सजिना सुवाल इन्टेरियर डिजाईनरहरु बीच भएको ‘दोश्रो स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ तथा डिजाईन प्रतिस्पर्धामा उत्कृष्ट भएका छन् । माल्टाका अबैतानिक बाणिज्य दुत तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले अवार्ड, उनीहरुलाई कार्यक्रममा पुरस्कार प्रदान गरे ।

ललितपुरको पुलचोक स्थित लविम मलको प्राँगनमा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले इन्टेरियर डिजाईनमा डिप्लोमा गरेका विधार्थीहरुबीच बिहिबार र शुक्रबार यो प्रदर्शनी तथा प्रतिस्पर्धा आयोजना गरेको थियो ।

डिप्लोमाको अन्तिम वर्षको प्रदर्शनी तथा थेसिस स्वरुप यो प्रदर्शनी आयोजना गरिएको आयोजक फुपु तेन्जिङ शेर्पाले बताए । प्रतिस्पर्धामा क्याफे थिमतर्फ एलिना उत्कृष्ट भईन भने थेसिसतर्फ सजिना बिजयी भईन् । एक्स्पोमा क्याफे थिमतर्फ निखिला ढुङ्गानाले दोस्रो, तिब्रता खड्काले तेस्रो र निशा खड्काले पब्लिक च्वाइस पुरस्कार जिते । यस्तै थेसिस तर्फमा कविता किङज्रिङ मगरले दोस्रो, प्रमिता श्रेष्ठले तेस्रो र दिक्षित खड्काले पब्लिक च्वाइस पुरस्कार हाँसिल गरे ।

सो प्रदर्शनी र प्रतिस्पर्धामा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ८० विद्यार्थीका इन्टरियर सम्बन्धि बिभिन्न सिर्जना राखिएको थिए । दर्शकले प्रदर्शनी हेरेर गरेको भोटिङको आधारमा पब्लिक च्वाईस पुरस्कार प्रदान गरिएको थियो ।

एक्स्पोमा दुई प्रकारको प्रदर्शनी थियो । एउटा अध्यायन गरेर ६ महिना मात्र भएका बिदार्थीको क्याफे डिजाइन थिम र अर्काे अर्काे ग्राजुयट भएका बिद्यार्थीको थेसिस थिममा डिजाईन राखिएको थियो । थेसिस बिद्यार्थीहरुले बुटिक, रिसोर्ट, अफिसलगायत थिमका डिजाइन तयार गरेको आईआईएफटीकी कार्यकारी निर्देशक बिपना थापाले बताइन् । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन सम्बन्धी अध्ययन गराउँदै आएको कलेज भएको पनि थापाले कार्यक्रममा जानकारी गराईन् । प्रदर्शनीमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ग्राजुयट बिद्यार्थीलाई सर्टिफिकेट प्रदान गरेका थिए ।