इभान्सी र यथार्थ बने जुनियर लिटील स्टार हन्ट नेपाल २०२३


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ असोज

बालबालिकाबीचको प्रतिभामूलक प्रतियोगिता ‘लिटील स्टार हन्ट नेपाल २०२३’ मा इभान्सी पौडेल र यथार्थ शाही ठकुरी जुनियर लिटील स्टार हन्ट नेपाल २०२३ तथा जिज्ञासा शाही ठकुरी र रियाज आले मगर सिनियर लिटील स्टार हन्ट नेपाल २०२३ भएका छन् ।
क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा राजधानीमा आयोजित यो प्रतियोगिता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ ।

लिटील स्टार हन्ट नेपाल २०२३ को जुनियरतर्पm इभाना शर्मा र व्रिसभध्वज कार्की फस्ट तथा श्रेया गुरुङ र सक्षम पनेरु सेकेन्ड रनर्सअप भएका छन्। कोरोना स्कुल, सुर्योदय स्कुल र डेनब एकेडेमीका २६ विद्यार्थीबीच कडा प्रतिस्पर्धा भएको प्रतियोगिताको सिनियरतर्पm संस्कृति बराल र रिदम पनेरु फस्ट रनर्सअप तथा उज्मा बानु थापा र सर्वजित खरेल सेकेन्ड रनर्सअप भएका छन् ।

प्रतियोगितामा मोडल तथा मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल आस्था सखा, मोडल तथा अभिनेता दीपक घिमिरे र मिसेस इन्टरनेशनल अनिता यादव निर्णायक रहेका थिए। रानी खरेलको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा प्रमूख उपउपाधिका साथ अन्य विभिन्न उप उपाधि विजेता पनि चयन गरिएको थियो । बालबालिकाको प्रतिभा तथा आत्मविश्वास अभिबृद्धीका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक क्रिजोना मिडिया ग्रुप प्रालिका अध्यक्ष लभिन अन्सारीले जानकारी गराए ।