लविम मलमा दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पोे’ हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ असोज

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पोे’ आयोजना हुने भएको छ । असोज २५ र २६ गते ललितपुरको लबिम मलमा आयोजना हुने प्रदर्शनी प्रतियोगीतामा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ८० बिद्यार्थीका इन्टरियर सम्बन्धि सिर्जनाहरु प्रतिस्पर्धामा राखिनेछ ।

बर्जर पेन्टस् र प्राईम टाइलको मुख्य प्रायोजन रहेको प्रदर्शनिमा सहभागी ३० बिद्यार्थीले थेशिश प्रोजेक्टको रुपमा आफ्नो कला प्रदर्शनिमा प्रस्तुत गर्नेछन्, भने अर्काे ३० बिद्यार्थी कार्यक्रमको समापनसँगै दिक्ष्यन्ता समारोहमा सहभागी हुनेछन् । जहाँ उनीहरुलाई व्यवसायिक इन्टेरियर डिजाइनरको पदवी प्रदान गरिने छ । बाँकी बिद्यार्थीले क्याफे डिजाइन थिममा रेस्टुरेन्ट र क्याफेहरु कसरी आकर्षक डिजाइन गर्न सकिन्छ भनेर प्रस्तुत गर्ने आईआईएफटीकी कार्यकारी निर्देशक बिपना थापाले जानकारी दिइन् ।

प्रदर्शनिमा सहभागी इन्टेरियर डिजाइन अध्ययन गरेका र प्रदर्शनिमा सहभागी थेशिश प्रोजेक्ट र क्याफे डिजाइन थिममा आफ्नो सिर्जनाहरु पस्किनेलाई ३, ३ जना सहभागीलाई प्रथम, दोस्रो र तेस्रो छनौट गरेर नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन बिगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन सम्बन्धि अध्ययन गराउदै आएको कलेज हो । आईआईएफटीले आफ्नो बिद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उदेश्यले यो कार्यक्रम गर्दै आएको हो । फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्ष प्रदान गर्दै आएको आईआईएफटीका शाखाहरु काठमाडौँको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा छ ।

नेपालकै ठुलो फेसन र इन्टेरियर अध्यायन संस्थाको रुपमा परिचित आईआईएफटीले आफ्नो अध्यायन गर्ने बिद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न बिभिन्न फेसन शो, ‘स्पेस एण्ड डिजाइन एक्सो’ लगायत कार्यक्रम आयोजना गर्दै आएको छ ।

विशिष्ट ब्यक्तिहरुको उपस्थितीमा उद्घाटन, प्रमाण पत्र तथा पुरस्कार वितरण र दिक्ष्यन्ता गरेर कार्यक्रम तीन चरणमा आयोजना हुने आयोजकले जनाएको छ ।