आजमा र लिली बने मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल


ब्युटी न्युज नेपाल
काठमाडौं, २० असोज

आजमा महर्जन र लिली महर्जन सुवाल ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’को विजेता भएका छन् । विजेता दुबैले बिभिन्न अवसर र उपहार हात पारेका छन् ।

प्रतियोगीतामा ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२३’तर्फ दीपिशा तामाङ फष्टरनरअप र पुर्णिमा शाही ठकुरी सेकेन्ड रनरअप बन्दा ‘मिसेज हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ तर्फ पुनम थापा लुइटेल फष्ट रनरअप भइन् ।

हेरिटेज र सम्पदाको बिभिन्न झल्को दिने प्रस्तुति सहित सुरु भएको प्रतियोगीता हेरिटेज गार्डेन सानेपा, ललितपुरमा शुक्रबार अबेर साँझ सम्पन्न भएको थियो । सो प्रतियोगितामा मिस इको २०२० अनुष्मा रायमाझी, फोटोग्राफर राजभाई सुवाल, सञ्चारकर्मी सरिता श्री ज्ञावली, इप्लानेटका अध्यक्ष सन्तोष सापकोटा निर्णायक थिए ।

प्रतियोगीतामा मोष्ट फोटोजेनिक दीपिशा तामाङ, मोष्ट ट्यालेन्ट प्रगती भट्टराई, मोष्ट पपुलर पुनम थापा लुइटेल, मोष्ट डिसिप्लेन सोनु भुषाल, बेष्ट इभिनिङ क्लाउण्ड पुर्णिमा शाही ठकुरी, बेष्ट पफमर आजमा महर्जन, बेष्ट स्माइल, र बेष्ट चामिङ पर्सनालिटी लिलि महर्जन सुवाल, मोष्ट पङ्च्युअल कृष्णला शाह, बेष्ट हेयर आशिका परियार बनेका थिए । प्रतियोगीताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् ।