पियोर स्टाइलिस ब्युटि होमद्धारा नेल आर्ट सेमिनार सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ असोज

सिटिइभिटी द्वारा मान्यताप्राप्त पियोर स्टाइलिस ब्युटि होमले शनिवार कुपन्डोलमा एक दीवसीय ‘नेल सेमिनार’ आयोजना गरेको छ । सो कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा न.१२ का वडा अध्यक्ष नारायणलाल अवालेले सेमिनारको उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष नारायण अवालेले पियोर स्टाईलिस्ट ब्युटी होमसँग सहकार्य गरेर यस अघि पनि विभिन्न कार्यक्रमहरु वडाबाट आयोजना गरिएको बताए । यो नेल सेमिनारको प्रशिक्षण लिनेहरुकालागि निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमकी विशेष अतिथि एवम् रोज व्युटी एकेडेमीकी अध्यक्ष बरिष्ट व्युटिसियन सोनी कारँजितले रिना अवाले केही फरक काम गर्ने व्युटिसियनको रुपमा परिचित रहेको बताईन् । अहिले बजारमा रहेको भन्दा फरक टेक्निक सहितको यो नेल आर्ट प्रशिक्षण आधुनिक शैलीको रहेको पनि उनले बताईन् ।


कार्यक्रमकी सभापति तथा पियोर स्टाइलिस ब्युटि होम एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष रिना अवालेले नेल आर्टमा दक्ष जनशक्ति उत्पादनका लागि यो कार्यशाला आयोजना गरिएको कार्यक्रममा जानकारी गराईन् । बिदेश जानेहरुका लागि यो कार्यशाला झनै उपयोगी हुने विश्वास पनि उनले व्यक्त गरिन् ।

उद्घाटन समारोहमा बरिष्ट ब्युटिसियन रुस्का बैध श्रेष्ठ, रश्मिला श्रेष्ठ, सुस्मा रावल, सारदा खतिवडा, बरिष्ट पत्रकार डब्बु क्षत्री, सञ्चारकर्मी सूर्य चन्द, सरिता भारतीलगायतका अतिथिहरु थिए । रिना अवालेको बारेमा तयार गरिएको बृत्तचित्र पनि समारोहमा प्रदर्शन गरिएको थियो ।

रिना अवालेद्वारा आयोजित सो कार्यक्रममा करिब २०० जना ब्युटिसयनहरुले नेलआर्ट सम्बन्धि प्रशिक्षण लिए । नेल आर्ट टेक्नेसियन शशी घिमिरेले उनीहरुलाई प्रशिक्षण दिएकी हुन् । शनिबार दिउँसो १२ बजेबाट बेलुका ६ बजेसम्म चलेको सो कार्यशालामा शशीले नेल आर्ट सिकाउनुका साथै विदेशमा काम गर्दाका अनुभव पनि शेयर गरेकी छिन् ।

सो नेल आर्ट कार्यशालालाई प्रकृति कस्मेटिक तथा लिलियम, बायो ब्युटी, जाभिरा, ड्रम सिलड,अर्गानिक हार्बेस्ट, बि एन्ड डि प्रोफेसनल, भादी हर्ब, नेचर इसेन्सलगायतका कम्पनीहरुले सहयोग गरेका थिए । सो कार्यशालामा केक काटेर पियोर स्टाइलिस ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको १३ औँ बार्षिक उत्सब मनाईयो ।