प्रेस काउन्सिलको आजको कार्यक्रम प्रेस सेन्टरद्धारा बहिष्कार


ब्युटी न्युज नेपाल
काडमाडौं, ६ असोज

दुई दिन अघि प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पुरस्कार प्राप्त पत्रकारहरुको विवरण यतिबेला विवादमा छ । मुलत पुरस्कार सुचीमा प्रेस चौतारी पक्षका पत्रकारहरुको नाम बहुसँख्यक रहेको, निस्कृय पत्रकारलाई सक्रिय पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको जस्तो थुप्रै आरोप अहिले लागेको छ ।

यसै क्रममा पुरस्कार प्रति असन्तुष्टी जनाउँदै प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको कार्यक्रम बहिष्कार गर्ने भएको छ । काउन्सिलले मापदण्ड मिचेर पुरस्कार वितरण लगायतका गतिविधि गरेकोमा आपत्ती प्रकट गर्दै प्रेस सेन्टर नेपाल उक्त कार्यक्रममा सहभागि नहुने भएको हो ।

संगठनका महासचिव सन्तोष पौडेलले सक्षम, क्रियाशील र योग्य पत्रकारहरुलाई पुरस्कृत गर्नुको साटो राजनीतिक आग्रह र निकटताका आधारमा पुरस्कारको वितरण गरेर काउन्सिलले आफ्नो विश्वसनीयता गुमाएको उल्लेख गर्दै प्रेस सेन्टरले आजको पुरस्कार वितरणको कार्यक्रम बहिष्कार गर्ने जानकारी दिएका छन् ।

प्रेस काउन्सिल जस्तो साझा संस्थाको गतिविधि, रबैया, पुरस्कार छनौट र नाम सार्वजनिक गरेको हेर्दा एउटा अमुक पार्टीको संगठन भन्दा माथि नदेखिएकाले आजको वार्षिकोत्सव कार्यक्रममा प्रेस सेन्टर सहभागी नहुने महासचिव पौडेलले बताएका छन् ।