काजल क्रियसनको नवौं वार्षिक उत्सबमा दिपक–दिपा


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असोज

ललितपुरको कुपन्डोलमा रहेको काजल क्रियसन बुटिकले आफ्नो नवौं वार्षिक उत्सब मनाएको छ । एक असोजमा एक समारोहबीच यो बुटिकको केक काटेर नवौं वार्षिक उत्सब मनाईएको हो । फेसन डिजाईनर काजल शर्माको जन्म दिनसँगै काजल क्रियसनको नवौं वार्षिकोत्सव मनाईएको छ । समारोहमा विभिन्न कलाकारहरुले काजल शर्मा र काजल क्रियसनलाई शुभकामना दिए ।

वार्षिकोत्सव कार्यक्रममा चलचित्र अभिनेता दिपकराज गिरि, निर्देशक एवम् अभिनेत्री दीपाश्री निरौला, लोकप्रिय बरिष्ट ब्युटिसियन रश्मिला श्रेष्ठ, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, गायिका रानु निरौलालगायतको उपस्थिति थियो । अभिनेत्री दीपाश्रीले काजलकै डिजाइनमा तयार भएका पहिरनहरु लगाउँदै आएकी छिन् ।

काजलले नौ वर्ष अघि विश्वकर्मा पुजाको दिन ललितपुरको कुपन्डोलमा काजल क्रियसन बुटिक स्थापना गरेकी हुन् । उनले यो बुटिकबाट सयौं म्युजिक भिडियो तथा दर्जन चलचित्रमा फेशन डिजाईनरको रुपमा काम गरिसकेकी छिन् । उनको फेशन डिजाईन देश विदेशमा लोकप्रिय रहेको छ ।