मिसेस नेपाल वल्र्डका लागि ३० जना प्रतिस्पर्धी छानिए


ब्युटी न्युज नेपाल
काठमाडौं, १ असोज

रिवन इन्टरटेनमेन्टद्धारा आयोजित ‘मिसेस नेपाल वल्र्ड–२०२३’को दोश्रो अडिसनमा पनि काठमाडौंमा सम्पन्न भएको छ । अडिसनमा २० वर्षदेखि ४५ वर्ष उमेर समुहका प्रतियोगीहरु सहभागी भए । पहिलो र दोश्रो अडिसन गरेर यो प्रतियोगिताको अन्तिम चरणका लागि ३० जना प्रतियोगीहरु चयन भएका छन् ।

मिसेस नेपाल वल्डको दोश्रो चरणको अडिसन राउन्डमा अभिनेत्री तथा मिसेस नेपाल इन्टरनेशलन २०२२ की बिजेता उषा रजक, मोडल तथा गायक दुर्गेश थापा, सिप्रदी ट्रेडिङका सिनियर प्रवन्ध निर्देशक युवराज बुढाथोकी, मिसेस नेपाल इन्टरनेशलन २०१९की सेकेन्ड रनरअप स्नेहा राउत थापा र मिसेस नेपाल वल्र्डका कोरियोग्राफर अश्विनी कान्त झा थिए ।

विश्वभरीका विवाहित महिलाहरुबीच हुने सौन्दर्य प्रतियोगिता ‘मिसेस वल्र्ड–२०२३’ यही डिसेम्बरमा अमेरिकामा हुने भएको छ । सो प्रतियोगितामा नेपालको तर्फबाट ‘मिसेस नेपाल वल्र्ड–२०२३’की बिजेताले सहभागिता जनाउने भएकी छिन् । यसरी नेपालबाट मिसेस वल्र्डमा प्रतिनिधित्व गर्न मिसेस नेपाल वल्र्डको चयन आगामी ३ कात्तिकमा काठमाडौंमा हुने भएको छ ।

अगामी जनवरीमा १४ देखि २१मा अमेरिकाको लास भेगस्मा हुने मिसेस वल्र्डको ग्रान्ड फिनाले हुने भएको छ । नेपालको तर्फबाट मिसेस नेपाल वल्र्डकी बिजेताले प्रतिनिधित्व गर्ने छिन् ।

यो प्रतियोगिताको दुई साता अघि आयोजित पहिलो अडिसनबाट फाईनलका लागि १६ जना प्रतियोगीहरु चयन भएका थिए । शनिबार सम्पन्न दोश्रो अडिसनबाट १४ जना गरी कुल ३० जना चयन गरिएको मिसेस नेपाल वल्र्डका आयोजक एवम् रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ब्युटी न्युज नेपाललाई जानकारी गराएका छन् ।

आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार मिसेसन नेपाल वल्र्ड २०२३ को प्रशिक्षण मँगलबारबाट काठमाडौंको नयाँ बानेश्वर स्थित अर्याल होटलमा सुरु हुने भएको छ ।