हात्तिछापको फस्ट लुक्स


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ भदौ

चलचित्र ‘हात्तीछाप’को फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्रको प्रदर्शन मिति घोषणा पनि घोषणा गरिएको छ । समोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्म माघको २६ गतेबाट रिलिज गरिने भएको छ ।

यो फिल्मको फस्टलुकमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ । सौगातलाई फस्टलुकमा ‘बोत्तल राजा’को पात्रमा प्रस्तुत गरिएको छ । यो चलचित्रमा सौगातसँगै दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्दि तामाङ, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल लगायतका कलाकारको अभिनय छ । तर, फिल्मको पहिलो फस्टलुकमा भने निर्माणपक्षले सौगातलाई मात्र स्थान दिएको छ ।

प्रस्तुतकर्ता किरण नेपालीले वितरकसँग सल्लाहा गरेर माघको २६ गतेलाई प्रदर्शन मिति रोजेको जानकारी दिए । प्रदीप भारद्धाजको लेखनमा तयार भएको यो फिल्ममा सुशन प्रजापतिको छायांकन छ । काठमाडौं र पोखरामा खिचिएको फिल्मले सामाजिक कथालाई कमेडीको शैलीमा प्रस्तुत गरेको छ । किरणले नै यसअघि दया, सौगात र उपासनालाई लिएर निर्माण गरेको फिल्म ‘२ नम्बरी’ले बक्स अफिसमा सुखद कमाई गरेको थियो ।

फिल्म ‘हात्तीछाप’मा पनि ‘२ नम्बरी’कै हिट टिम दोहोरिएको छ । दया र सौगात एकसाथ देखिदा दर्शकलाई फिल्मप्रति उत्साह थपिने पक्का छ । फस्टलुक सार्वजनिक भएपछि फिल्मप्रति दर्शकमा कौतुहलता पैदा हुने विश्वास निर्माणपक्षको छ । यो फिल्ममा राजिव गुरुङ, पुष्कर गुरुङ र अमलादेवी राइको लगानी छ । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । यो फिल्ममा आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, आरआर फिल्मस्को वितरण रहनेछ ।