संविधान दिवसको दिन गरिने पदक घोषणा स्थागित


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ भदौ

हरेक वर्ष संविधान दिवसको दिन सरकारले, घोषणा गर्दै आएको जनसेवाश्री लगायतको विभूषण तथा पदक यसपटक ३ असोजमा घोषणा नगर्ने भएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो घोषणा गरेको हो ।

सरकारको प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले संविधान दिवसका अवसरमा हरेक वर्ष बाँड्दै आएको पदक, विभूषण र अलंकार यसपटक ३ असोजमा घोषणा नगर्ने निर्णय गरेको जानकारी दिएकी छिन् ।

सरकारद्वारा संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकहरुबारे बारम्बार प्रश्न उठेपछि मन्त्रिपरिषद्ले यसपटक पदक नबाँड्ने निर्णय गरेको पनि मन्त्री शर्माले जनाएकी छिन् । यो वर्षको संविधान सभामा पदक प्राप्त गर्नेहरुको नाम घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बेला शुक्रबार एक्कासी मन्त्री परिषदले यस्तो निर्णय गरेको हो ।