म संधै भिडियोमा सतीस र सुरभीको प्रेम


काठमाडौं । २९ माघ
नजिकिदै गरेको ‘भ्यालेन्टाइम डे’को अवसर पारेर ‘म सधै…’ गीतको भिडियो रिलिज गरिएको छ । करिब ४ लाख खर्च भएको दाबी गरिएको यो गीतको भिडियो अष्ट्रेलियामा छायाँकन गरिएको हो । भिडियोलाई युट्युव मार्फत सार्वजनिक गरिएको हो ।
सुवानी मोक्तानको शब्द तथा संगीत रहेको गीतमा सुवानी र कमल खत्रीको स्वर रहेको छ । यो कर्णप्रिय गीतलाई अष्ट्रेलियामै खिचेर भिडियोमा तयार गरिएको हो ।

माया प्रेमको भावमा तयार गरिएको यो भिडियोमा सुरभी मानन्धर र सतीस मानन्धर प्रेमी प्रेमीकाको रुपमा प्रस्तुत भएका छन् । म्युजिक भिडियोलाई सन्दीप श्रेष्ठले निर्देशक गरेका हुन् ।
निर्देशक भिडियोमा मोडल र लोकेसन दुबै प्रथाकिमताका साथ प्रस्तुत गर्न सफल भएका छन् । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियो सौरभ मानन्धरले छायाँकन गरेका हुन् ।