मिस एण्ड मिसेस युनिभर्सल २०८० सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं २९ भदौ

स्पार्कल इन्टरटेनमेन्ट आयोजनामा ‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ को दोस्रो सिजनको अडिशन सके लगतै यहि भाद्र ३० गते ट्यालेन्ट राउन्ड हुने भएको छ । मिस एण्ड मिसेस युनिभर्सलमा गरि २०र२० जनाको पार्टिसिफेन्ट रहेको यस सिजन २ को ट्यालेन्ट राउन्ड नक्सालमा अवस्थित होटल हुकुम दरबारमा हुने भएको छ भने यस् राउन्डमा पाँच जना जज रहनेछ ।

मिस एण्ड मिसेस युनिभर्सलको ब्राण्डएम्बेसडर पुर्व मिस नेपाल उषा खड्की र कोरियोग्राफर रोजिन शाक्य रहने यस सिजन २ को अडिसन गत श्रावण २० गते नयाँ बानेस्वर स्थित रोयल एलिनाजमा सम्पन्न भएको थियो । प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मनोरञ्जन कार्यक्रमहरू, खेलकुद कार्यक्रम, सामाजिक परियोजनाहरू र अन्य धेरै कार्यक्रमहरू आयोजना गरी देशको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्पार्कल इन्टरटेनमेन्टको स्थापना भएको जानकारी आयोजक टिमले दिएका छन ।

विवाहित तथा अविवाहित युवतीहरूको प्रतिभा निखार्ने उदेश्यले तयार गरिएको यस प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा रहेको छ । अहिले जमल नाचघरमा कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रीत रहेर प्रतियोगीहरुको लिडरसिप, सेल्फ डिफेन्स लगायतको प्रशिक्षण भइरहेको जानकारी आयोजक नितु श्रेष्ठले दिएका छन ।