तीजको अबसरमा ‘राष्ट्रिय नारी सम्मान’बाट नारीहरु सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ भदौ

हिन्दु महिलाहरुको महान चाड तिजको अवसरमा काठमाडौंमा राज मेक अप स्टुडियोले “राष्‍िट्रय नारी सम्मान” कार्यक्रमको आयोजना गरेको छ । सौन्दर्य क्षेत्रमा लामो समयको अनुभव बटुलेको राज मेकअप स्टुडियोको आयोजना तथा दक्ष ईन्टरनेशनलको सहकार्यमा काठमाडौंमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाले लामो समयदेखि आ– आफ्नो क्षेत्रमा योगदान दिने र लोकप्रियता हासिल गरेका सफल महिलाहरुलाई सम्मान प्रदान गरिन् ।

समारोहमा सम्मानित हुनेमा खेलाडी तथा मोडल नन्दा बस्याल,समाजसेवी निलम शर्मा,मेकअप आर्टिष्ट रिता दुलाल,गायिका सरिता भारती,मोडल मन्जु थापा, सौन्दर्यकर्मी मन्जिला सुवेदी,सौन्दर्यकर्मी माया बुढाथोकी,नेल आर्टिष्ट लिना सुवेदी,कस्मेटोलोजी मन्दिरा खड्का हायु, समाजसेवी तारा कार्की, सौन्दर्यकर्मी टीका पुन गुरुङ थिए ।

यस्तै सौन्दर्यकर्मी उर्मिला पन्त,सौन्दर्यकर्मी विद्या श्रेष्ठ,सौन्दर्यकर्मी विष्णु कुमारी दोरङो, गायिका गायत्री थापा, मोडल प्रमिला सिलवाल,समाजसेवी तथा मिसेस तामाङ सरिता तामाङ,मेकअप आर्टिष्ट जमुना पुन मगर,सौन्दर्यकर्मी तथा मिस एण्ड मिसेस व्युटिफुल नेपाल २०२१ की फस्ट रनर अप गीता उप्रेती, गायिका जुनु रिजाल, युवा उद्यमी कविता श्रेष्ठ, सौन्दर्यकर्मी कल्पना तिमल्सिना,सौन्दर्यकर्मी कुश्मा वलीलाई पनि सम्मानित भए । फोटोग्राफर सुशिल खरेललाई विशेष सम्मान प्रदान गरियो ।

विगत एक दशक भन्दा लामो समयदेखि सौन्दर्य कला क्षेत्रमा आवद्ध रहि राज मेकअप स्टुडियोका प्रमुख समेत रहेका टेकराज पाण्डेले नारीहरुको योगदानको कदर स्वरुप उनीहरुलाई राष्ट्रिय नारी सम्मान प्रदान गरिएको बताए । समारोहमा वरिष्ठ गायिका तारा थापा, वरिष्ठ अभिनेत्री वसुन्धारा भुषाल, वरिष्ठ गायिका राधिका हमाल,चर्चित गायिका जुनु रिजाल लगायतले कार्यक्रममा शुभकामना दिए ।