हृदयघातबाट सुवास नेम्वाङको निधन, च्यासलमा श्रद्धाञ्जली हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ भदौ

एवं नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको हृदयाघातबाट गएराती निधन भएको छ । आफ्नै निवास बालुवाटारमा हृदयाघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । बाथरुममा बेहोस अवस्थामा भेटिएपछि परिवारका सदस्यले राति १ः५० बजे अस्पताल पु¥याउँदा उनको मृत्यु भइसकेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सबै मँगलबार बिहानै अस्पताल पुगेका थिए । अब नेम्वाङको शव केहीबेरमा श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले केन्द्रीय कार्यालय लगिने भएको छ । उनको भोली दिउँसो मात्र अन्त्यष्टी गरिने भएको छ ।

राजनीतिज्ञसँगै पेशाले वकिल रहेका उनी स्कुले जीवन देखि नै विधार्थी राजनीतिमा विशेष चासो राख्थे । सोही क्रममा स्नातक अध्ययनका क्रममा विसं २०२८÷२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा सक्रिय भएका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए । विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिस्ट पार्टी कोअर्डीनेसन केन्द्र मालेमा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।

नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष र सभामुख थिए ।

विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।