बोलुँ बोलुँ भन्दै आकाश र शनिसा


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ भदौ

गायक हिमाल सागर र गायिका अनु चौधरीको स्वरमा नयाँ गीत बोलु बोलुँ लाग्छको भिडियो शनिबार रिलिज भएको छ । एम जे सी डिजिटल नेपालबाट यो गीतको भिडियो रिलिज भएको हो ।

यो गीतलाई दिनेश थपलियाले लेखेका हुन् । जसमा विशाल निरौलाको संगीत तथा संगीत संयोजन रहेको छ ।

निशाक एसकेले निर्देशन गरेको यो गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल शनिसा भट्टराईको अभिनय रहेको छ । शनिसाले हिमाल सागरकै गीत ए होर मायाँबाट गत वर्ष डेब्यु गरेकी हुन् ।

गीतका माधुर्यता जस्तै भिडियो पनि प्रेमिल बनेको छ । शनिसा र र आकाशको जोडी यो गीतको भिडियोमा सुहाएको हो । दिपक गिरीको छायाँकन रहेको यो भिडियोलाई मिलन विश्वकर्माले सम्पादन तथा रँग सँयोजन गरेका हुन् ।