चलचित्र विकाश बोर्डले नै एक भगवत गीतलाई सेन्सर अुनमति दिएन


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ भदौ

यतिबेला चलचित्र विकाश बोर्डका पदाधिकारीहरु कानून भन्दा माथि उक्लिएका छन् । किनकी चलचित्र विकाश बोर्डको काम भनेको फिल्मको सेन्सर रोक्नु हैन । बोर्डले त चलचित्रलाई सेन्सर गर्नको लागि सिफारिस मात्र गर्नु हो । मन्त्रालयको आदेश भन्दै उनीहरुले नेपाली चलचित्रलाई सेन्सरको लागि अनुमति पत्र समेत रोक लगाएका छन् ।

विपिन कार्की, धिरज मगर, सुहाना थापालगायतको मुख्य भूमिका रहेको चलचित्र ‘एक भगवत गीता’लाई उनीहरुले सेन्सर गर्न अनुमति पत्र समेत रोकेका हुन् । यो चलचित्र यही २९ भदौमा रिलिज हुने तयारीमा रहेको छ ।

आफुले निर्माण गरेको चलचित्रलाई प्रर्दशन गर्न दिने की नदिने भन्ने अधिकार सेन्सर बोर्डसँग रहँदा रहँदै पनि चलचित्र विकाश बोर्डले नै सेन्सर गर्न नदिएको एक भगवत गीतका निर्माता सुनिक कुमार थापाले बताएका छन् ।

यो चलचित्रको सेन्सरको लागि सुनिल बिहिबार विकाश बोर्ड पुगेका थिए । त्यहाँका सदस्य सचिबले फिल्मको नाममै समस्या आएको भन्दै आफुलाई एक भगवत गीताको सेन्सर गर्न अनुमति पत्र नै नदिएको निर्माता सुनिलले बताएका छन् । विभिन्न धार्मिक संस्थाले नाममा आपत्ती जनाएको भन्दै बोर्ड अध्यक्ष भुवन केसी, सदस्य सचिव विशाल सापकोटा लगायतका पदाधिकारी यो चलचित्रलाई यतिबेला सेन्सर पास हुन नदिने पक्षमा रहेको निर्माण पक्षको आरोप छ । जबकी गत सोमबार ती धार्मिक संस्था, एक भगवत गीता र विकाश बोर्ड गरी तीन पक्षबीच भएको बार्तामा धार्मिक संस्थाले फिल्मको स्कृप्ट पढ्ने, आफुहरुले फिल्म हेर्ने र त्यसपछि फिल्मको नाम परिवर्तन गर्ने वा नगर्ने भन्ने निर्णयमा आफुहरु पुग्ने बताएका थिए ।

तर एक्कासी चलचित्र विकाश बोर्डका अध्यक्ष, सदस्य सचिव देखि प्रवक्तासम्मले आफुहरुलाई फिल्मको रिफारिस पत्रसमेत नदिएको निर्माता सुनिल कुमार थापाले बताए । आफुले आईतबार भित्र सेन्सरको लागि अनुमतिपत्र नपाएका अमेरिका पलायन हुने चेतावनी थापाले दिएका छन् ।
यसै बिषयमा चलचित्र विकाश बोर्डका प्रवक्ता केएल बुढाथोकीलाई हामीले फोन गर्दा आफुहरुले सो नामबारे मन्त्रालयमा छलफल गरिरहेको बताए,‘मन्त्रालयबाटै यो चलचित्रको बारेमा पत्र आएको छ । केही धार्मिक संस्थाहरुले यो फिल्म रोक्न आवेदन दिएकाले सो बारे छलफल भईरहेको छ ।’ बुढाथोकीले भने,‘उहाँहरु नै मिलेर आउनु पर्छ भन्ने हाम्रो चाहना हो ।’

चलचित्र एक भगवत गीतालाई सेन्सरको लागि कागज कुन कानुनमा टेकेर रोकेको हो भनेर जिथासा राख्न खोज्दा चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीको फोन अफ रहेको थियो ।

चलचित्र विकाश बोर्डले भगवत गीता नाममा फिल्म बनाउने अनुमति दिएपछि निर्माण पक्षले यो फिल्म बनाएको हो । यति मात्र हैन, यो नाममा विवाद आएपछि निर्माण पक्षले भगवत गीताको नामको अगाडि ‘एक’ थपेर ‘एक भगवत गीता’ नाम राखिपाउँ भनेर केही समय अघि बोर्डमा निवेदन पनि दिएका थिए । सो निवेदनमाथि अझै कारवाही भएको छैन । आखिर चलचित्र विकाश बोर्डले किन आफ्नो अधिकार भन्दा बाहिर गएर चलचित्र भगवत गीतालाई रोक्न खोजिरहेको छ त भन्ने कानूनी जवाफ अझै दिएको छैन ।

फिल्मलाई रोक्ने तथा प्रदर्शनको अनुमति दिनेकाम सेन्सर बोर्डको हो । तर बोर्डले नै यो फिल्मलाई सेन्सरमा किन जान दिएको छैन भनेर चलचित्रकर्मीहरुले आबाज उठाएका छन् ।

आईतबार सम्बन्धित धार्मिक संस्थासँग आफुहरुले फेरी एकपटक बार्ता गर्ने निर्माता सुनिल कुमार थापाले बताएका छन् । यो चलचित्रको नाम विवादबारे आईतबार नै टुँगो लाग्ने आशा गरिएको छ ।