अध्ययन र पूर्ण तयारीको साथ चलचित्र दुइ कदममा इओन


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ भदौ

चलचित्र दुइ कदम बाट नेपाली सिने जगतले चकलेटी फेस भएको नयाँ हिरो पाएको छ । चलचित्र दुइ कदम बाट इओन लिम्बुले नायकको रुपमा डेब्यू गर्दैछन् । लभस्टोरी जनराको फिल्म दुइ कदममा उनि पहिलो पटक नायकको रुपमा देखिदैछन् ।

करिव ५ बर्षको मेहनत , अध्ययन र तयारी पछि हरेक दृष्टीकोण बाट चलचित्रको लागी आफू रेडि भएको लिम्बु बताउछन् ।

उनले ओस्कार इन्टरनेशनल कलेज, कलेज अफ फिल्म स्टडिज बाट हाल चौथो बर्षमा अभिनयको कक्षा लिइरहेका छन् भने उनले नृत्य , फाइट तथा भोकलको समेत कक्षा लिएर आफूलाइ तयार गरि आएका हुन् । यस अघि उनले शिल्पि थिएटर बाटपनि अभिनय कक्षा लिइसकेका छन् ।

अग्लो कद , हेर्दा आर्कषक देखिने र अभिनय र डाइलक डेलिभरीमा दम भएका कारण चलचित्र दुइ कदममा मुख्य रोलको अफर गरेको निर्देशक उदय सुब्बाले जानकारी दिए । चलचित्र निर्देशक सुब्बा भन्छन् “म चकलेटि फेस भएको टिनएजर्स हिरो खोजिरहेको थिए , त्यहि समयमा भने जस्तो क्यारेक्टर भेटे पछि इओनलाई चलचित्रमा डेब्यू गराएको हुँ।“ चलचित्रको कथाबस्तु अनुसार इओनको क्यारेक्टर म्याच भएको सुब्बाको भनाइ छ । चलचित्र दुइ कदम आगामी मंसिर २९ मा रिलिज हुने भएको छ ।