गौरी मल्लको आतिथ्यमा नेसनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको आठौं वार्षिक उत्सब सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ भदौ

ललितपुरको कुपन्डोलमा रहेको नेसनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरले आफ्नो आठौं वार्षिक उत्सब मनाएको छ । नायिका गौरी मल्लले सो सर्जरी सेन्टरको आठौं वार्षिक उत्सबको उद्घाटन गरेकी छिन् ।

नेसनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरलाई आठौं वार्षिक उत्सबको शुभकामना दिँदै अभिनेत्री गौरी मल्लले यस अघि बिदेशमा निकै महँगो पैसा तिरेर यो सर्जरीको सेवा लिँदै आएका नेपालीहरुलाई नेपालमै सस्तोमा यो सेन्टर खुलेपछि सजिलो भएको बताईन् । नेपालमा यति गुणस्तरीय सेवा प्रदान हुने गरेको जानकारी पाउँदा आफुलाई निकै खुसी लागेको पनि उनले कार्यक्रममा बताईन् ।

यस्तै आफ्नो मुहारको हाँसो रेखाको चाउरी हटाउन नेसनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरमा आफुले पनि कस्मेटिक सर्जरीगर्ने यी नायिकाले कार्यक्रममा बताईन्,‘मेरो मुहारको हाँसो रेखा अलिक बढी खुम्चिएका कारण सर्जरीबाट त्यसलाई मिलाउने योजनामा छु ।’ उनले भनिन् । बिदेशमा करिब १ लाख रुपैयाँ लाग्ने आँखाको डिलमुनीको तथा मुहारको सर्जरी नेपालमा त्यसको आधा पैसामा गरिने कुराले आफु खुसी भएको पनि उनले बताईन् । सोही कारण आफुले मुहारको मुस्कान लेखाको चाउरीपनालाई सर्जरीबाट राम्रो बनाउने योजनामा रहेको उनले बताईन् ।

निम्न आर्थिक अबस्था भएकाहरुलाई निशुल्क समेत आँखाको सर्जरी र मुहारको सर्जरी गर्दै आएको नेसनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरले नेपालको धेरै कलाकारको सर्जरी गरिसकेको छ । आफुहरु अभिनेत्री गौरी मल्लको सर्जरी गर्न पनि तयार रहेको डा. पुजा राजभण्डारीले बताईन् । आफुहरुले सो सेन्टरमा गरिब अशाहायहरुलाई पनि निशुल्क पनि यो सेवा दिँदै आएको उनले बताईन् । आठौं वार्षिक उत्सबको अबसरमा केही छुट दिएको पनि उनले जानकारी गराईन् ।

सो सर्जरी सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले आँखाको प्लास्टिक सर्जरी अन्तर्गत आँखाको डिल बाहिर आएका, भित्र फर्केका, आँखाधो ढकनी तल झरेका आँखाको मुन्द्री बिग्रेका, आँखाको डिल मुनी बोसो जमेकाहरुको सर्जरी गरेर सुन्दर बनाउने गरेको कार्यक्रममा बताए । बिदेशमा एक लाख भन्दा बढी खर्च लाग्ने सर्जरी आफुहरुले निकै कम शुल्कमा गर्दै आएको पनि उनले जानकारी गराए ।