नाँगो गाउँको सुन सुन सुन्दरीमा दयाहाङ र मिरुनाको प्रेम


ब्युटी न्युज नेपाल
काठमाडौं, २० भदौ

दयाहाङ राई र मिरुना मगरको मुख्य भुमिका रहेको चलचित्र ‘नाङ्गो गाउँ’ यही भदौ २९ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्रको नयाँ गीत ‘सुन सुन सुन्दरी…’को भिडियो यतिबेला रिलिज गरिएको छ । गीतमा अन्जु पन्त र एस डी योगीको स्वर रहेको छ । सुष्मा सिग्देलले लेखेको यो गीतमा सुशान्त गौतमको संगीत छ ।

यसअघि फिल्ममा समावेश एक गीत सार्वजनिक भैसकेको छ । फिल्मको टिजर र ट्रेलरले दर्शकमाझ निकै रुचाइएको छ । यो नयाँ गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका मिरुना मगरले अभिनय गरेका छन् । उनीहरुको प्रेम सम्बन्ध यो गीतको भिडियोमा देखाईएको छ ।

यो गीत चित्लाङमा छायांकन गरिएको हो । रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा आलोक शुक्लाको छायांकन छ । यो फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । यो फिल्ममा बनिष शाहको सम्पादन छ ।

यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।