१८ कटेउ की भन्दै आए गायक नविन कुमार


ब्युटी न्युज नेपाल
काठमाडौं २० भदौ

गायक नविन कुमार पौडेलले आफ्नो स्वरमा नयाँ गीत ल्याएका छन् । उनले गायिका एलिना चौहानसँग युगल स्वरमा नयाँ गीत ‘१८ कटेऊ कि कटेनौ’ ल्याएका हुन् ।

यो गीतको म्युजिक भिडियो काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । यो गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ । आफ्नो गीत डान्सिङ शैलीको रहेको गायक नविनले बताएका छन् ।

यो गीतको भिडिओमा सुमन ज्योती न्यौपाने, गीता ढुंगाना, उमेश कुमार बराल, भुवन के पोख्रेल लगायतको अभिनय छ । भिडियो रमाईलो बनेको छ ।

भिडियोलाई गायिका एलिना चौहानकै युट्युव मार्फत भिडिओ सार्वजनिक गरिएको छ । सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको भिडिओ गम्भिर बिष्टले निर्देशन गरेका हुन् ।