मुकुनको चलचित्र ऐंचो पैंचो चल्दा गणपति चलेन


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ भदौ

बिहीबारबाट प्रदर्शनमा आएका दुई चलचित्र ऐंचो पैंचो र गणपति मध्य ऐंचो पैंचोको व्यापार दोब्बर छ । बिहिबार र शुक्रबार राम्रो सो पाएको चलचित्र ऐंचो पैंचोले शनिबार पििन राम्रो शो पायो । शनिबार पनि यो फिल्म प्राय हलमा हाउस फुल नै देखियो । तर ऐंचो पैंचोको तुलनामा सँगै रिलिज भएको चलचित्र गणपतिले आधा हल पनि पाएन ।

आईतबार १७ भदौमा काठमाडौं उपत्यकाको क्युएफएक्स सिनेमा चेनहलहरुमा चलचित्र ऐंचो पैंचोले ७ सो पाउँदा चलचित्र गणपति मात्र दुई शोमा खुम्चनु परेको छ । अन्य सिनेमा हलमा पनि ऐंचो पैंचोको तुलनामा गणपतिले आधा शो पनि पाएको छैन । यसरी अभिनेता मुकुन भुसालको एकै चोटी दुई सिनेमा रिलिज हुँदा चलचित्र गणपतिलाई नराम्रो झट्का लागेको छ । पटक पटक प्रदर्शनको मिति सार्नु र प्रचार प्रसार खासै नगर्नुले पनि यो चलचित्र गणपतिको व्यापारमा असर परेको हो ।

सिनेमा ‘ऐंचो पैंचो’ले आज शनिबार पनि दर्शकको राम्रो साथ पाएको छ । सिनेमाले शनिबारका बिहानी शोबाटै दर्शकको राम्रो साथ पाएको हो । निर्देशक चौलागाईले शनिबारका बिहानी शोमा ८० प्रतिशतदेखि शतप्रतिशतसम्म अकुपेन्सी रहेको बताइन् ।

शनिबार निर्देशक चौलागाई अभिनेत्री स्वस्तिमा खड्का, बर्षा राउत, अभिनेता सुशिल सिटौला र राजाराम पौडेललाई लिएर सिभिल, छायां सेन्टर तथा बिग मुभिज लगायतका हलमा दर्शक प्रतिक्रिया लिएकी थिइन् । जहाँ दर्शक भरिभराउ थिए । सिनेमा हेरेका दर्शकले सिनेमा निकै राम्रो बनेको भन्दै दोस्रो पार्ट निर्माणको माग समेत गरिरहेका छन् ।

विशेषगरि दर्शकले अभिनेत्री बर्षा राउत, अभिनेता सुशिल सिटौला र राजाराम पौडेलको भुमिकालाई रुचाएका छन् । अभिनेत्री राउतलाई दर्शकले आगामी दिनमा पनि यस्तै मनछुने भुमिकामा देख्न चाहेको बताउने गरेका छन्, भने सुशिलको सिताराम अर्था सिते क्यारेक्टरलाई आफैमा अनुभुत गरिरहेको बताएका छन् । यस्तै अभिनेता राजराम पौडेललाई दर्शकले हल पुग्दा राष्ट्रिय भिनाजुकै रुपमा सम्बोधन गरिरहेका छन् ।

डेव्यु निर्देशक चौलागाईले सिनेमा रिलिजको पहिलो दिनको बिहानी शो बाहेका सवै शोमा राम्रो दर्शक मिलेको बताउँछिन् । ‘हाम्रो सिनेमाले आक्रामक व्यापा गर्यो त भन्दिन तर जथि दर्शकले हेर्नु भएको छ, सवै दर्शकले राम्रो प्रतिक्रिया दिनु भएको छ ।’ त्यसैले गर्दा सिनेमाले विक डेजमा पनि राम्रो व्यापार गर्ने अपेक्षा उनलाई छ ।

सिनेमा हेरेका दर्शकबाट मिलेको सकारात्मक वर्ड अफ माउथले आगामी दिनमा अझै राम्रो व्यापार गर्दै जाने विश्वास उनमा छ । तर, अर्को बिहीबार नै रिलिज हुन लागेको बलिउड सिनेमा जवानको चपेटामा परिने होकी भन्ने पिरले समेत सताउन थालेको हलमा दर्शक प्रतिक्रिया लिएपछि मिडियासँग गरेको कुराकानीमा उनले बताएकी छन् ।

उनले जारीपछि केही मात्रामा हलमा दर्शक फर्किएकाले पनि हल सञ्चालकलाई नेपाली सिनेमालाई माया गरिदिन आग्रह गरिकी छन् । हुनत हामी सवैले आफ्नो आफ्नो हिसावले व्यापार गरिरहेका छौं । तर, केही बढि नाफा मिल्ने देख्ने वित्तिकै नेपाली उत्पादनलाई पाखा र विदेशी उत्पादनलाई काखी नच्यापी समान व्यावहार गरियोस् भन्ने आफ्नो चाहाना रहेको उनले भनिन् ।

‘काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’ले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ । पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह(निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी  प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।