गालाको सृँगारमा रोजको भूमिका


– इन्दु आचार्य, ब्युटिसियन,प्रशिक्षक

मुहारको सुन्दरतामा गालाको आफ्नै प्रकारको विशेषता हुन्छ । किशोर अबस्थामा युवती देखि अधबैंसे महिलासम्मको गाला हलुका रातो देखिने गर्छ । अथवा सृँगारबाट देखाउनु पर्छ भन्ने मान्यताछ । हिमाली भेगका युवती तथा महिलाहरुको गाला त्यहाँको मौसमी कारणले रातो हुने गर्दछ । तर अन्यत्रका युवती तथा महिलाले मेकअपको प्रयोगले गालालाई ललिमय बनाउँछन् ।
सृँगार सामग्री ‘रोज’को प्रयोग गरेर गाला रातो तुल्याईन्छ । मुलत गालालाई गुलाबी गाला, स्याउजस्तो गाला, रातो गाला जस्ता विभिन्न उपमा दिने गरिएको छ । रोजको प्रयोग बिना गालाको सृँगार अधुरो मानिन्छ । सौन्दर्य सामग्री पसलमा रोज किन्न पाईन्छ । गाला तथा मुहाको सुन्दरतामा रोजको विशेष भूमिका हुन्छ । त्यसैले रोजको प्रयोग कसरी गर्ने भन्ने यहाँ उल्लेख गरिएको छ ।

रोजको प्रकार
विभिन्न प्रकारको रोज हुन्छ । बजारमा तरल रोज, कम्प्याक्ट रोज, क्रिम रोज र पाउडर रोज किन्न पाईन्छ । यी मध्य आफुलाई सजिलो लाग्ने रोज किनेर प्रयोग गर्न सकिन्छ । रोज निम्न रँगमा पाईन्छ ।
– रातो रोज,
– हलुका रातो रोज,
– गुलाबी रोज
– हलुका गुलाबी रोज
– खैरो रोज
– हलुका खैरो रोज

रोज लगाउन आबस्यक सामग्री
– ऐना
– रोज ब्रस सेट
– अबस्यक रँगको रोज

रोज प्रयोग गर्ने तरिका
– ऐना अगाडी बसेर मुहारको सृँगार गरिसकेपछि बल्ल रोज लगाईन्छ ।
– रोज लगाउनु अघि आफुले ऐनामा हेर्ने र मुहारलाई हलुका मुस्कुराएको जस्तो बनाउने ।
– यसपछि उठेको गालाको भागमा आफुलाई रुहाउँदो रोजलाई रोजसेट ब्रसको सहायताले लगाउने ।
– यदी अनुहारको बनोट गोलाकार छ भने गालामा गाढा रोज सुहाउँछ ।
– गोरो अनुहारमा रातो, गुलाबी तथा अन्य रँगको रोज पनि सुहाउँछ ।
– कालो छाला भएको मुहारमा गाढा गुलाबी तथा ब्राउन (इटा) रँगको रोज प्रयोग गर्दा सुहाउँछ ।
– गालाको उठेको भागलाई मिलाउन रोजको प्रयोग उपयुक्त मानिन्छ ।
– तथापि गालामा हलुका चिमोट्दा जुन रँग आउँछ । रोही रँगजस्तो देखिने गरी गालामा रोज लगाउनु राम्रो हो ।
– किशोर देखि अधबैंसे उमेरसम्म रोजको प्रयोग उपयुक्त मानिन्छ । पौढ महिलाले रोजको प्रयोग नगर्नु राम्रो । यदी गर्नै छ भने हलुका रँगको रोज मात्र प्रयोग गर्ने ।
– रोजको अत्याधिक प्रयोगले गाला भद्धा देखिन सक्छ । त्यसैले आफ्नो मुहारमा सुहाउँदिलो मात्रामा रोजको प्रयोग गर्नु राम्रो हो ।
– रोजले गालालाई सही र आकर्षक आकारमा ढालेर मुहारको सुन्दरता बढाउने काम गर्छ ।

रोजको प्रयोगमा सावधानी
– बजारमा विभिन्न गुणस्तरका रोज किन्न पाईन्छ । रोज जहिले पनि ब्राण्डेड कम्पनीको गुणस्तरीय मात्र किनेर प्रयोग गर्नु पर्दछ ।
– मुहारमा गाला धेरो उठेको छ भने उठेको ठाउँमा रोज लगाउँदा मुहारको स्वरुप राम्रो देखिँदैन । त्यसैले धेरै उठेका गाला छ भने उठेको भाग भन्दा मुनी रोज लगाउनु पर्छ । यसो गर्दा गालाको स्वरुप मिल्न जान्छ ।
– गालो लामो छ भने अली लामो पारेर गालामा रोज लगाउनु पर्छ ।
– तर गोलो अनुहारको गाला छ भने यस्तो गालाको थोरै ठाउँमा रोजलाई प्रयोग गर्नु पर्छ ।
– गाला आफैं रातो छ भने यस्तो गालामा रोज प्रयोग गर्न आबस्यक पर्दैन ।